September 25, 2020

मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई जिम क्लब, स्वीमिङ पुललगायतकाे सुविधा

‘३५ प्रतिशत काम सम्पन्न भएको छ । एघार महिनाअघि शुरू गरेको काम लकडाउनका कारण ढिलो भयो’, शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर एवं साइट इन्चार्ज प्रमोदकृष्ण कर्माचार्यले जानकारी दिनुभयो– ‘लकडाउन खुकुलो भएपछि अहिले धमाधम काम भइरहेको छ ।’

सरकारले २०७५ मंसिर २१ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार ललितपुर महानगरपालिका–१८ भैंसेपाटीको १ सय ४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, मन्त्री, मुख्यमन्त्री, प्रदेशप्रमुखको निवास निर्माण गर्ने निर्णय गरेको थियो ।

‘सोही निर्णयको आधारमा ११ महिनाअघि परियोजनाअन्तर्गत निर्माण शुरू गरिको हो।’ –सिनियर डिभिजन इन्जिनियर कर्माचार्यले भन्नुभयो । उहाँका अनुसार परियोजना करिब ९६ रोपनी क्षेत्रफलमा २४ मन्त्री र २७ रोपनी क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेशप्रमुखको निवास निर्माण भइरहेको छ ।

‘सम्झौताअनुसार दुई वर्षमा सक्ने योजना थियो, लकडाउनमा पनि स्थानीय कामदारको सहयोगमा काम जारी राख्ने प्रयास ग¥यौं । तोकिएकै समयमा निर्माण पूरा हुने अपेक्षा गरेका छौं’, सिनियर डिभिजन इन्जिनियर कर्माचार्यले भन्नुभयो– ‘लकडाउन हटेपछि हाल तराईबाट कामदार ल्याएर काम भइरहेको छ ।’

मन्त्रीनिवासको ठेक्का सिको हनुमान र मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको ठेक्का केसी समानान्तरले पाएका छन् । करिब १ अर्ब ३ करोड लागतमा मन्त्री निवास र ६७ करोड लागतमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माण ठेक्का दिइएको छ । प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख एउटै डुप्लेक्स भवनमा बस्नेछन् ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन एउटै भए पनि निकास भिन्न हुनेछ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख राजधानी आउँदा सोही भवनमा बस्नेछन् । मन्त्रीका लागि छुट्टाछुट्टै भवन हुनेछन् । दुई संरचनाको प्रवेशद्वार फरक हुनेछ । मुख्य सडकको दुई भागमा दुई संरचना तयार भइरहेको छ । भवन तयार भएपछि सभामुख र प्रधानमन्त्री बालुवाटारमा र मन्त्रीहरू भैंसेपाटीमा बस्नेछन् ।

सिनियर डिभिजन इन्जिनियर एवं साइट इन्चार्ज कर्माचार्यका अनुसार मुख्यमन्त्री र प्रदेश प्रमुखको भवनमध्ये दुईवटा दुईतले एउटाको डीपीसी र दुईवटाको जग खन्ने काम भइरहेको छ ।

मन्त्री निवास पनि साढे २ तला बनिसकेको छ भने कुनै डीपीसीको काम भइरहेको छ । पहिलो चरणअन्तर्गत स्थानीयको मागको सम्बोधन गर्न बाटो फराकिलो र केही विकासका काम गर्ने तयारी भइरहेको छ ।

दोस्रो चरणमा नेपाली सेनाको बटालियन, कार्यालय र अन्य केही भवन र हेलिप्याड निर्माण गर्ने योजना रहेको छ। परियोजना कार्यालयका अनुसार दुवै परियोजना एकैसाथ पूरा गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको छ । सुविधा सम्पन्न भवन परिसरमा सामुदायिक भवन, खेल मैदान, जिम क्लब, स्वीमिङ पुललगायतका संरचना रहनेछन् ।

पुल्चोकमा स्थान अभाव भएपछि भैंसेपाटीमा मन्त्री क्वाटर सार्नुपरेको हो । अब पुल्चोकस्थित मन्त्री क्वाटर रहेको क्षेत्रमा १० वटा अतिथिगृह बन्नेछन् । विभागले मन्त्री क्वाटर स्थानान्तरण गर्नेबित्तिकै अतिथिगृह निर्माण गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’