किन आएन नेपालमा चिनहुक हेलिकाेप्टर ?

Chin-hukfacebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

  • बसन्त भुजेल 

२०७२ बैशाख १२ गते जब नेपालमा विनासकारी भूकम्प गयो, तुरुन्तै , विश्वको ध्यान आकर्षण भयो । बेलायतकी लोकप्रिय अधिकारकर्मी जोहोना लुम्लेको मन छोयो । उनले विश्वभरी राहतको आह्वान गरिन , क्षणभरमै धेरै राहत सामाग्री जम्मा भयो । उद्धार तथा राहतका लागि बेलायतले चिनहुक हेली २ वटा हेलिकोप्टरहरु पठायो । ४० टन उद्धार सामाग्री बोकेर काठमाडौं बाट १० मिनेट भित्रै प्रभावित क्षेत्रमा पुग्न सक्ने ती हेलिकोप्टरका साथमा गोर्खा पल्टनको उद्धार टोली पनि आएको थियो । तर ती हेलीहरु दिल्लीबाट यता आउन सकेनन् । भारतको इसारामा नेपाल सरकारले आउन दिएन ।

तीन –चार टन पनि बोक्न नसक्ने भारतीय हेलिकोप्टर उडाएर नौटंकी गरियो । नेपाललाई कव्जा गर्ने प्रयास गरियो । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल भारतका बहानहरुले भरिए । एक प्रकारले कब्जाकै रणनीति थियो त्यो । यति मात्रै होइन पोखराको एयरपोर्ट पनि भारतीय बहानहरुले नै भरिए । यता बेलायती चिनहुक हेलिकोप्टरहरुलाई भारतमै राख्दा अरबौं खर्च मात्रै भयो । तर नेपालमा राहत र उद्धारको काम गर्न दिइएन । त्यहीँबाट फर्काइयो । कसको इसारामा कसरी यस्तो भयो ? त्यो सबै बुझ्न सकिन्छ । त्यतिबेला नेपाल भारतको अघोषित उपनिवेश जस्तो भएको महशुस जनताले गरे ।

यही मौकामा नेपाल खाने भारतको रणनीतिपछि चीनको जनमुक्ति सेना खासाबाट जवरजस्ती नेपाल छिर्न खोज्यो । तब मात्रै भारतको होस उड्यो । अमेरिकी मिसनहरु नेपाल र भारतलाई सोधपुछ नै नगरी फाइटर विमान लिएर काठमाडौंको एयरपोर्टमा उत्रिए । त्यसपछि भारतको होस थप उड्यो । यस पछि भारत आफै पछि हट्यो ।

जब नेपालमा कुनै संकट पर्छ तब भारतले साँच्चिकै गिद्धेदृष्टि लगाउँछ भन्ने यो पछिल्लो उदाहरण हो । आफुलाई नेपाली हौं भन्ने भारतीय दलालहरु ‘र’ को इसारामा सिंहदरबारमा तामझाम गर्ने गर्छन् । देशमा राहत वाड्न, आलो घाउमा मलम पट्टी लगाउन त कता कता भ्रष्टाचारमा निर्लिप्त हुन्छन् । गिद्धले सिनो लुछेजस्तो बैदेशिक सहयोग लुछ्न प्रतिस्पर्धा हुन्छ । कतिले कर्कटपाता घोटाला गरे, कतिले टेन्ट घोटाला गरे । चामलका बोरा आफ्ना कार्यकर्तालाई बाँडे । नगद रकमको त हिसावै छैन । अष्टे«लियामा रहेका नेपाली शेष घले राहत बाढ्न आउँदा सरकारले उल्टै दुर्व्यवहार गर्यो । भूकम्पबाट भत्केका धेरै घर शेष घलेले पुनः निर्माण गरिदिए, तर उनको नाम निशान छैन । गोर्खा वेलफेयरले नेपालमा यस्ता काम शताब्दीदेखि गर्दै आएको छ , तर नेताहरुलाई गोर्खा वेलफेयरको नाम समेत थाहा छैन । नेपालीका निम्ति पसिना बगाउँदै आएकी जोहोना लुम्लेको नाम समेत नेताहरुलाई थाहा छैन । कसले कति सहयोग गर्यो ? लेखाजोखा छैन । भूकम्पले भत्केका सर्वसाधारणका संरचना कस–कसले कसरी निर्माण गरिदिए ? भन्ने अभिलेख सरकारसँग छैन । बनाउन कति बाँकी छ ? किन बन्न सकिरहेको छैन ? त्यो पनि सरकारलाई थाहा छैन । केही पात्रले कतार, दुवैमा गएर उठाएको राहत रकमबाट बनेका छाप्रालाई मात्रै राष्ट्रिय संजालमा हाइलाइट गरिन्छ । व्रिटिश गोर्खा वेलफेयरले बनाइदिएका विद्यालय भवनको फोटो पनि देखाँइदैन, समाचार पनि बन्दैन ।

गुल्मीको भार्सेमा खानेपानीको ठूलो आयोजना सम्पन्न भयो । पानी वितरण भयो । तर कसले बनायो ? सरकारमा रहने दलालहरुलाई थाहा पनि छैन । किनकी यस्ता परियोजना सिधै गरिव जनताका घरदैलोमा जाने भएकोले अरिङ्गालहरुले मह चुस्न पाउने कुरै भएन । यो कुरा राजनीतिक दलका कार्यकर्ताहरुलाई राम्रोसँग थाहा छ । किनकी यस्ता परियोजनामा स्थानीय तहका कार्यकर्ताहरुले दोव्वर तेव्बर रकमका नक्कली विल भरपाई बनाएर पैसा खान पाउँदैनन् । सबै रकम काममा लगानी हुने भएकोले डोजर आतंक गरेर भीरपाखा भत्काउन पाइँदैन । त्यसैले सरकारका दलालहरु यस्ता परियोजना देखे पनि नदेखेजस्तो गर्छन् ।

पहाड ट्रष्ट भनेर एउटा ट्रस, युकेमा खडा छ । यसको याद गर्दा मिस्टर फूलरलाई कहिल्यै विर्सन सकिन्न । उहाँ (आरएसएमइ) व्रिटिश सरकारको आर्मी कलेजका डाइरेक्टर हुनुहुन्थ्यो । बरमटम च्यथामा र मेडस्टेन उहाँको घर थियो । उहाँको नेपाली (गोर्खाली) सँग सुमधुर सम्वन्ध थियो । दशैं र तिहारमा टीका लगाइदिनु हुन्थ्यो । उहाँकी श्रीमतीले पनि टीका लगाइदिनु हुन्थ्यो । सेल रोटी पकाउनु हुन्थ्यो । पहाड ट्रष्ट मार्फत उहाँले नेपालका कुना काप्चामा राम्रा विद्यालय भवनहरु बनाई दिनुभयो । जीवनभर नेपालमै बसेर विद्यालय भवन बनाउनु भयो ।

कादुरी सर एड वार्ड कादुरीको पनि नेपालको ग्रामिण क्षेत्रमा ठूलो योगदान छ । नेपालका ग्रामिण क्षेत्रमा झोलुंगे पुल तथा खानेपानी आयोजना निर्माणमा उहाँको ठूलो योगदान छ, तर राज्यले उहाँहरुलाई कहिल्यै चिनेन । यो देशमा बेलायतीहरुको धेरै ठूलो लगानी छ । यसको लेखा जोखा जरुरी छ ।

राहत र पुननिर्माणका लागि आएको चिन हुक हेली त फिर्ता पठाउनेहरुलाई के भन्ने ? आफुलाई गोर्खाली चेली भन्न रुचाउने बेलायती अभिनेतृ जोहोना लुम्ले जो हलिउडका अस्कर अवार्ड विजेता समेत हुन् । उनले आह्वान गरेर पठाएको राहतको रकम आफ्नो खल्तीमा हाल्न नपाउने संकेत देखेपछि सरकारमा रहेका दलालहरुले सिधै मागे, तर नेपालका शासकहरु भ्रष्टाचारमा कति निर्लिप्त छन् ? भन्ने कुरा बेलायतलाई थाहा नभएको होइन । बेलायतीहरु निकै सचेत छन् । तसर्थ व्रिटिश सरकारले आफ्नै संस्था डिएफआइडी मार्फत धेरै ठूला ठूला सहयोगहरु सिधै जनता कहाँ पुर्याउँदै आएको छ । यदी बेलायत सरकारले चाहेमा बेलायत भन्दा नेपाल धेरै धनी बनाउन सक्छ । तर भारत र भारतीय दलालहरु बेलायतको लगानी आउँदा तर्सन्छन् । बेलायती लगानी आयो भने भारतलाई फाइदा हुँदैन, नेपाल समृद्ध हुन्छ भनेर नै यस्ता षड्यन्त्र भइरहेका छन् । नेपालको कृषि र जलस्रोतमा जबसम्म आफ्नो अधिपत्य कायम हुँदैन तबसम्म भारतले सिंहदरबारका आफ्ना दलाल मार्फत नेपालको बिकासमा अंकुस लगाइरहन्छ ।

नेपाली जनताले जबसम्म सिंहदरबार र वालुवाटारमा रहेका भारतीय दलालहरुलाई विस्थापित गर्दैनन् तबसम्म मुलकको विकास र समृद्धि हुनेमा शंका छ । विगतका घटनाले प्रष्ट देखाइ सकेको छ । नेपाल बनाउन नदिने दलाल को हो भन्दा पनि, को होइन ? भन्ने कुरा हो । लैनचौरबाट भारतको तलव भत्ता खाएर भारतको दलाली गर्नेहरुको कब्जामा जबसम्म बालुवाटार र सिंहदरबार रहन्छ तबसम्म नेपालको यो दुर्गतीको अन्त्य हुँदैन । तसर्थ सारा नेपाली जनताले अब ढिला नगरी भारतीय दलालहरुलाई सिंहदरवारबाट हटाई संवैधानिक राज संस्था पुनर्वहाली गर्नु पर्छ । थापनाकै लागि भए पनि बेलायतमा जस्तै राज संस्था राख्न जरुरी छ ।

किन फिर्ता पठाइयो बेलायतको चिनहुक हेली ?
राहत पनि बेलायतले र पुननिर्माण पनि बेलायतले नै गरिदिएपछि यी दलालहरुले लुट्न नपाउने भए । उनीहरुको मुखमा माड बन्द हुने भयो । त्यसैले फिर्ता पठाइएको हो । त्यतिबेला बेलायतको सहयोग आउन सकेको भए दलालहरुको पत्तासाफ हुने निश्चित थियो । बेलायतले कसरी विकास गर्छ ? भन्ने कुरा यी दलालहरुलाई थाहा थियो । नेपालको विकास हुन नदिने प्रमुख देश नै भारत हो ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै