August 27, 2020

उपत्यकाका सांसदहरु आक्रोसित !

काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् ।

काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० सांसदले कोरोना महामारी नियन्त्रणका पक्षमा सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोखेका हुन् ।

कांग्रेस सांसद गगनकुमार थापाले सरकारले संक्रमणको गति तव्रि रूपमा बढ्दै जाँदा समेत न्यूनीकरण र रोकथामको तयारीलाई तीव्रता दिन नसकेको र पटक पटक दिइएको सुझावलाई समेत बेवास्ता गरेको बताए ।  ‘संक्रमणको गति जुन रूपबाट तीव्र गतिमा अघि बढिरहेको छ, त्यो गतिमा सरकार पक्षको तयारी अघि बढेको देखिएको छैन, संक्रमित बढ्दै जाँदा सरकार झनै सुस्ताएको जस्तो देखिँदै छ,’ सांसद थापाले भने ।

उनले काठमाडौंमा कोरोनाबाट संक्रमित भएकाहरूका लागि राख्न तत्कालै १० हजार आइसोलेसन बेड तयार गर्नुपर्ने, संक्रमितहरूलाई छुट्टै राखिनुपर्ने, संक्रमितको सम्पर्कमा रहेकाहरूको ट्रेसिङ तत्काल गरिनुपर्नेलगायतका सुझाव सरकारलाई पटक पटक दिइएको भए पनि सुनुवाइ खासै नभएको बताए ।

नेकपा सांसद शशि श्रेष्ठले कोरोना महामारी नियन्त्रणतर्फ केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच ठीकसँग संयोजन नभएको बताइन् । ‘यो महामरीका बेला केन्द्र, प्रदेश र स्थानीय सरकारबीच जुन संयोजन आवश्यक थियो, त्यो देखिएन, महामारीमा सरकारलाई जिम्मेवार बनाउन अब संयुक्त दलीय संयन्त्र बनाउन दबाब दिनुपर्छ,’ सांसद श्रेष्ठले भनिन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर