साउन २७, दोहा : साउदीमा ज्यान गुमाएका ९५ जना नेपाली कामदारका परिवारले पाउने ब्लडमनी वापतको रकम नेपाल पठाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरूको कम्पनीबाट पाउनु पर्ने रकम नेपाली दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट उठाएर नेपाल पठाएको छ ।
दूतावासका अनुसार ९५ जना मृतकले पाउने रकम १४,५४,६८९/६१ साउदी रियाल अर्थात करिब ४ करोड ६३ लाख ३२ हजार नेपाली रुपैयाँ नेपालस्थित कन्सुलर सेवा विभागको ब्याङ्क खातामा ट्रान्सफर गरिएको जनाएको छ । मृतक नेपालीहरुले पाउनुपर्ने बाँकी तलब, सर्भिस बेनिफिट, ब्लडमनी बापत रकम दूतावासको पहलमा सम्बन्धित कम्पनीहरुले दूतावासको खातामा जम्मा गराएका थिए ।
यस्तै दूतावासले अन्य मुद्दा पनि अदालतमा चलिरहेको जनाएको छ । अन्य विभिन्न दुर्घटनामा परी ज्यान गुमाएका नेपालीहरूको हकमा पनि दूतावासका प्रतिनिधिहरु बारम्बार अदालतमा गएर उनीहरुको अधिकारको निम्ति बहस पैरबी गरिरहेको जनाएको छ ।
तर कोरोनका कारण यहाँका अधिकांश अदालत तथा सरकारी निकायहरू अझै पनि पूर्णतः खुल्न नसकेको तर यहाँको स्थिति सामान्य हुने बित्तकै निरन्तर फलोअप गरेर उनीहरुको मुद्दा पनि चाँडै टुंग्याउन पहल गर्ने दूतावासले जनाएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको