जनता समाजवादी पार्टीको मुस्लिम विभागले भारतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई पक्राउ गरेको छ ।
विरोध प्रदर्शनका क्रममा प्रहरीले पार्टीकाे महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई पक्राउ गरेको हो । पक्राउपछि उनीहरुलाई जिप्रका पर्सामा राखिएको छ ।
भारतमा नेपालको झण्डा जलाइएको विरोधस्वरुप वीरगञ्जको मालपोत चोकबाट प्रदर्शन सुरु भएको थियो । नेपाली झण्डासहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु घण्टाघरमा पुगेर कोणसभा गरिरहेका थिए ।
प्रदर्शनकारीले ‘झण्डा हाम्रो शान हो, झण्डा हाम्रो पहिचान हो, नेपाल आमा जिन्दावाद लगायतका नारा लगाएका थिए ।
कोणसभा जारी रहँदा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनकारीहरुले बताएका छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने