June 11, 2020

प्रतिलिपि अधिकार विधेयक स्वीकृत

काठमाडाैं, २९ जेठ । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदले उठाएका जिज्ञासाका जवाफमा संस्कृतिमन्त्री भट्टराईले कला, साहित्य र सिर्जना तथा स्रष्टाको अधिकार संरक्षण गर्ने ध्येयका साथ सरकारले तत्कालीन ‘प्रतिलिपि अधिकार ऐन’माथि संशोधन गर्न विधेयक ल्याएको स्पष्ट गरे ।

उनले स्रष्टाको सिर्जना आफैँमा महत्वपूर्ण हुने भएकाले उनीहरुको अधिकार संरक्षण गर्नु र सम्मान प्रदान गर्न जरुरी रहेकामा जोड दिँदै भने, ‘नाम चलेका वा नचलेका स्रष्टा सबैलाई यो संशोधनले समेट्ने प्रयास गरेको छ । विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई समेत ऐनमा समेट्ने प्रयास गरिएको छ ।’
सांसद रामनारायण बिडारी, प्रकाश पन्त, कोमल वली र वेदुराम भुसालले उक्त विधेयकमाथिको छलपलमा भाग लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि