June 3, 2020

काठमाडौंबाट नुवाकोट भित्रिने फोहोरो रोक्न सकिँदैन : प्रजिअ पोखरेल

काठमाडौंबाट नुवाकोट भित्रिने फोहोरलाई जिल्लामा रोक लगाउन नसकिने नुवाकोट प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोख्रेलले काठमाडौंबाट नुवाकोटको ककनीमा ल्याइने फोहोरलाई जिल्लामा निषेध गर्न नसकिने बताएका हुन्। नुवाकोटमा पहिलो पटक देखिएको कोरोना संक्रमण फोहोरबाट नै सरेको आशंकामा स्थानीयबासीले काठमाडौंबाट जिल्लामा फोहोर भित्र्याउन रोक्न प्रशासनलाई दवाव दिँदै आएका छन्।

कोरोना माहामरीमा मात्रै नभइ अन्य समयमा पनि स्थानीय फोहोरकै कारण विभिन्न रोग लागेर स्थानीयले ज्यान गुमाउनु परेको भन्दै ककनी गाउँपालिका– ३ का वडाअध्यक्ष घनश्याम बजगाईँ डिसी नेपालसँग भन्छन्, ‘स्थानीय बासिन्दा चुप बस्न नै मान्दैनन्। काठमाडौंको फोहोर जिल्लामा भित्र्याउन रोक्नुपर्छ भन्ने स्थानीयको पहिलादेखिकै माग हो। कोरोनामा मात्रै नभएर अन्य समयमा पनि फोहोरबाट नै लाग्ने रोगबाट स्थानीयले ज्यान गुमाउनु परेको छ।।’

तर नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने यो विषयमा जिल्लास्तरमा निर्णय गर्न नसकिने बताउँछन्। ‘यो जिल्लाले गरेर हुँदैन, महानगरबाट दिनदिनै धेरै फोहोर निस्कने भएकाले काठमाडौमा फोहोर फाल्ने ठाउको व्यबस्था छैन। त्यसकारण यस बिषयमा नेपाल सरकारले नै ध्यान दिनुपर्छ’, उनले भने।

स्थानीयले भने काठमाडौंबाट जिल्लामा भित्रिने फोहारेको व्यवस्थापन अन्तै गर्नुपर्ने माग गर्दै आएका छन्। यो विषयमा के पहल भइरहेको भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी पोखरेल भन्छन्, ‘फोहोर व्यवस्थापनको विषय निकै पेचिलो बन्दै गएको छ। हामीले समस्या समाधानका लागि प्रयास जारी राखेका छौं।’

फरक प्रसंगमा प्रमुख जिल्ला अधिकारीले करिव दुई साता अघि श्रीमतीको मृत्युको प्रमाणपत्र देखाउँदासमेत पास नदिइएको विषयमा प्रशासनको कुनै गल्ती नभएको दाबी गरे। ‘रातिको समय थियो। मसँग स्टाफ पनि हुनुहुन्न थियो। पीडितसम्म पुग्ने अवस्था पनि थिएन। तत्कालै जानु पर्ने भएकाले मैले सम्बन्धित ठाउँमा फोन गरेर जाने व्यवस्था गरेको थिएँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने