June 2, 2020

यस्तो छ लकडाउनलाई खुकुलो बनाउने सरकारी तयारी, मोडालिटीमा व्यापक फेरबदल

सरकारले लकडाउनको मोडालिटी (ढाँचा) मा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी सुरु गरेको हो ।

निरन्तर एकै प्रकृतिको लकडाउनलाई निरन्तरता दिएपछि सरकारको आलोचना हुन थालेको छ । सरकारले लकडाउनको ढाँचामा केही परिवर्तन गर्न खोजेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले सम्भवत मंगलबारबाटै राजधानी उपत्यका लकडाउनलाई खुकुलो बनाउने नयाँखाले मोडालिटी सार्वजनिक गर्दैछ ।

सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो ।

त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचा प्रस्ताव गर्ने तयारीमा जुटेको छ । आज समितिको बैठक बोलाइएको छ ।

यसअघि खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । अब उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा तयार गरी आज नै सरकारलाई प्रस्ताव गर्ने तयारी समितिले गरेको छ ।

स्रोतका अनुसार संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको तदनुरुपको प्रकृति तय गर्ने तयारी भएको हो ।

यी हुन् पूर्णतः बन्द गरिने क्षेत्र-
-सबैखाले भाडाका सार्वजनिक सवारी साधन
-शैक्षिक प्रतिष्ठान, तालिम तथा प्रशिक्षण केन्द्र,
-मदिरा, सुर्तिजन्यसहितका गैरखाद्यवस्तु बिक्री र वितरण,
होटल, बार, रेष्टुरेण्ट, स्टोर,
सिनेमा हल, धार्मिक संस्था,
फन पार्क, पार्टी प्यालेस,
रंगशाला, जिम सेन्टर,
सैलुन तथा व्युटी पार्लर,
क्यासिनोहरु ।

– शहरी क्षेत्रमा निजी सवारी साधनहरुलाई जोर–बिजोर प्रणालीका रुपमा चल्न दिइने भए पनि यो प्रणाली स्वास्थ्य, सुरक्षा र सञ्चारसहितका अत्यावश्यक सेवाकर्मीको हकमा लागु हुँदैन ।

निजी सवारी साधनका आमप्रयोगकर्ताको हकमा भने मोटरसाइकल भए एकजना, चारपांग्रे गाडी भए दुईजनासम्मले यात्रा गर्न पाउने व्यवस्था गर्ने सरकारी तयारी रहेको छ ।

-व्यावसायिक गतिविधि पनि निश्चित नीतिका साथ सुचारु गरिने सरकारी तयारी रहेको छ ।
– सञ्चालन गर्न पाइने विभिन्न प्रकारका व्यवसायहरुको समय तोकिने । एकै ठाउँमा एकै प्रकृतिको व्यवसाय एकैचोटि सञ्चालन गर्न नपाइने । भीड न्यूनीकरणका उपायहरु अपनाइने ।

– खाद्यान्न, दुग्धजन्य, खानेपानी, इँटा, पशुपन्छी तथा माछाको दाना, खाने तेल, चिनी, कफी, चियापत्तीसहितका दैनिक उपभोग्य सामग्रीका बिक्री वितरणको समय तोकिने ।

– अटोमोबाइल, बालुवा, क्रसर, सिमेण्ट, जिआई प्लाष्टिक पाइप, बिजुलीसम्बन्धी, फोहोर मैलाहरुको पनि कारोबार समय तोकिने ।

– औषधी तथा स्वास्थ्यसम्बन्धी सबै कारोबारस्थल आवश्यकताअनुसार खुला ।

स्थानीय तह वा नेपाल पर्यटन बोर्डबाट क्वारेन्टाइनको अनुमति पाएकाबाहेक सबैखाले होटल, गेष्ट हाउस र रिसोर्टहरु बन्द गरिने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने