सीमा सुरक्षाका लागि दार्चुलामा बनाइँदै ११ कराेडकाे सशस्त्र प्रहरी भवन

काठमाडौं, जेठ ९ : सीमा सुरक्षाका लागि दार्चुलाको छाङरुमा व्यक्तिको घर भाडामा लिएर राखिएको सशस्त्र प्रहरी पोस्टका लागि सरकारले आफ्नै व्यवस्थित भवन बनाउन प्रक्रिया अघि बढाएको छ।

bolpatra

त्यसका लागि ११ करोड बजेट विनियोजन गरिसकेको सरकारले भवन निर्माण थाल्न बोलपत्र आह्वान गरेको हो।

छाङरुस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा १ सय ६० सशस्त्र प्रहरी रहने गरी भवन निर्माण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसअन्तर्गत दुईवटा सीमा सुरक्षा पोस्ट रहनेछन्। एउटा कालापानीनजिकै कौवामा र अर्काे चीनसँगको सीमाना तिङ्करमा बीओपी राख्ने तयारी छ। यसका लागि पनि जग्गा लिने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

भारतले नेपालको जमिन मिचेर सडक बनाएपछि दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गरिएको हो। त्यहाँ वैशाख २१ गतेदेखि व्यक्तिको घर भाडामा लिएर सशस्त्र प्रहरी बस्न थालेको हो।

छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली बसेको हाे। यो पोस्ट भारतले सडक निर्माण गरेभन्दा १३ किलो मिटर तल पर्छ।

सोही क्षेत्रमा नेपाल प्रहरीको पनि २१ जनाको टोली बसेकाे छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको