January 14, 2020

वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने

आम जनतालाई सुलभ र सस्तो स्वास्थ्य सेवा प्रदान गर्न आधुनिक चिकित्सा पद्दतिबाट मात्र सम्भव नहुने भएकाले नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेका वैकल्पिक चिकित्सा विधिहरुलाई एकीकृतरुपमा विकास र विस्तार गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको वैकल्पिक चिकित्साको सुदृढीकरणसम्बन्धी गोष्ठी समापनका अवसरमा वक्ताहरुले आयुर्वेदलगायत सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्सा विधाहरुलाई सामूहिकरुपमा अगाडि बढाउन सकिए सबैको लागि स्वास्थ्य र मुलुकको समृद्धिमा सहयोग पुर्‍याउन सकिने धारणा रा‍खे ।

सो अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले वर्षौंदेखि वैकल्पिक चिकित्साको अभ्यास हुँदै आए पनि कतिपयको अझै मापदण्ड बन्न नसकेकाले विभागले त्यसतर्फ कार्य थालनी गरेको र सबै विधाका प्रतिनिधिहरु सम्मिलित वैकल्पिक चिकित्सा समिति गठन गर्न लागिएको जानकारी दिए ।

आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष प्रा डा धनिकलाल बर्खेलले सम्पूर्ण जनतालाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सबै वैकल्पिक चिकित्साका विधाहरुको सुदृढीकरण गर्नुपर्नेमा जोड दिए।

विभागका उपमहानिर्देशक डा श्यामबाबु यादवले वैकल्पिक चिकित्साका मुख्य चार विधाहरु सोवारिग्पा, होमियोप्याथी, अक्युपन्चर, प्राकृतिक चिकित्साबीच अनुभव र ज्ञान आदान–प्रदान गर्न र यस्ता उपचार विधिहरुलाई व्यवस्थितरुपमा सञ्चालन गर्न विभागले विभिन्न मापदण्ड निर्धारण, निर्देशिका तर्जुमा र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

विभागको आुर्वेद चिकित्सा महाशाखाका प्रमुख डा मुनकर्ण थापाले सबै वैकल्पिक उपचारका विधालाई अगाडि बढाउन नीतिगत र कानूनी व्यवस्था गर्न लागेको बताउँदै यसमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले पनि इमान्दारीपूर्वक जनतालाई स्वास्थ्य सेवा दिन सक्नुपर्ने धारणा राखे ।

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक कृष्ण अधिकारीले नेपालमा प्रचलनमा रहेका विभिन्न वैकल्पिक उपचार पद्दतिहरुको प्रवर्द्धनका लागि एकीकृतरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै यी उपचार विधिहरुको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० मा स्वास्थ्य पर्यटनलाई उजागर गर्न सकिने सम्भावना औंल्याए ।

सो अवसरमा सोवारिग्पाका तर्फबाट डा शेवाङ गुरुङ, होमियोप्याथीका तर्फबाट डा अम्बिकाप्रसाद ज्ञवाली, अक्युपञ्चरका तर्फबाट सुदर्शन बराल र प्राकृतिक चिकित्साका तर्फबाट डा सुनिल पौडेलले पनि विभागले सबै वैकल्पिक चिकित्सा विधाका आ–आफना विशेषता र महत्व रहेकाले तिनको समानरुपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

विभागका लेखा अधिकृत सूर्यप्रसाद भुषाल र आयुर्वेद चिकित्सक डा शारदा खनालले पनि गोष्ठीको महत्व र उपादयताका बारेमा प्रकाश पारेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको सो कार्यशालामा सोवारिग्पा, होमियोप्याथी, अक्युपञ्चर, प्राकृतिक चिकित्साजस्ता वैकल्पिक चिकित्सासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यशालामा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र चिकित्सक एवं स्वास्थ्यकर्मीहरु गरी २८ जनाको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने