हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
हुनेखानेका लागि यस्ता पर्व ठूलो अवसर भए पनि गरिब तथा विपन्नका लागि भने ठूलो चुनौतीका रूपमा देखिने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वमा प्रयोग हुने वस्तुको मूल्य अकासिँदै गएपछि सर्वसाधारणलाई चाडपर्व मनाउन मुस्किल हुन थालेको हो ।
नियमक निकायको प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीले मनपरी सर्वसाधारणबाट मूल्य असुल्दै आएको उपभोक्ताको गुनासो छ ।
रामेछाप घरभई हाल अनामनगर बस्दै आएकी अम्बिका मगर माघेसंक्रान्तिका लागि तरुलको मूल्य सोध्दा लामो सास फेर्दै भन्छिन्, ‘उफ ! कति साह्रो महँगी बढेको हो ? किनेर खान नसकिने भयो ।’ विगतमा प्रतिकेजी २० देखि ३० रुपैयाँमा पाउने तरुलको मूल्य अहिले १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँमा सम्म पुगेको उनी बताउँछिन् ।
दिन प्रतिदिन बढ्दै गएको महँगीले बिहान बेलुका एक छाक कटाउनसमेत मुस्किल हुन थालेको छ । ‘चाडपर्व कसरी मनाउने ? महँगीले गर्दा चाडपर्व खुसीसाथ मनाउन सकिएको छैन, चिन्ता बढ्न थालेको छ,’ उनले भनिन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर