November 16, 2019

 आलम रातारात ललितपुरको नख्खु जेलमा

सुरक्षा खतरा बढेपछि आलम रातारात ललितपुरको नख्खु जेलमा
 काठमाडौं, कार्तिक ३० । सुरक्षा खतरा भएको भन्दै जेल चलान गर्न आदेश दिईएका मोहमद अफताव आलमलाई ललितपुरको नख्खु जेल पठाईएको छ ।

उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिँडाइएको हो। गृह मन्त्रालयको आदेशमा उनलाई नख्खु पठाइएको हो ।
प्रहरी उच्च स्रोतकाअनुसार आलमलाई शनिबार बिहान साढे ४ बजेतिर नख्खु कारागार पुर्‍याइयोको छ। उनलाई शुक्रबार राति नै इलाका प्रहरी कार्यालदय चन्द्रनिगाहपुरको टोलीले कडा सुरक्षाबीच हस्तान्तरण गरेको थियो।

शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राख्न आदेश दिएको थियो। वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८ जना कानुन व्यावसायीले उनको बचाउको पक्षमा बहस गरेका थिए।

आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि उनी बच्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि