November 10, 2019

बालुवाटारमा ओली-प्रचण्ड ‘वान टु वान’– उपनिर्वाचनअघि नै मन्त्रिमण्डल हेरफेर ?

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताका विषयमा परामर्श गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार आइतवार अपराह्न १ बजेतिर प्रचण्ड बालुवाटार पुगेका थिए । ‘उहाँहरूबीच पार्टी एकताका विषय र अन्य समसामयिक विषयमा छलफल भयो,’ स्रोतले लोकान्तरसँग भन्यो ।

‘समसामयिक विषयमा पछिल्लो विकसित घटनाक्रम, मन्त्रिपरिषद् हेरफेर लगायतका कुरा भए,’ स्रोतले भन्यो, ‘मन्त्रिमण्डल हेरफेर गर्न दुवै अध्यक्ष सहमत हुनुहुन्छ, तर उवनिर्वाचन अघि गर्ने कि पछि भन्नेमा छलफल चलिरहेको छ ।’

पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रममा बारेमा दुई अध्यक्षबीच पटक-पटक भेटघाट हुने भएपनि पछिल्लो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रवार आफ्नो सचिवालय र सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

त्यससँगै मन्त्रिपरिषद् हेरफेर हुने चर्चा पनि चलेको छ । मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच यसअघि पनि पटक-पटक छलफल हुने गरेको थियो ।

पार्टीको केन्द्रीय कमिटी एक भएको तीन महिनाभित्र एकताका बाँकी सबै काम पूरा गर्ने प्रतिबद्धता नेताहरूले गरे पनि १७ महिनासम्म एकता प्रक्रिया टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने