November 3, 2019

टिचिङमा एक्सरे गरी फर्किए प्रधानमन्त्री , बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

कार्तिक १७, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्तपालमा एक्सरे गरी प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक सुरु गरिएको ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।  

Cabinet-Meeting-1

प्रधानमन्त्री ओलीले बुधबार र बिहीबार मिर्गौला डायलासिस गरेका थिए । फोक्सोमा जम्मा भएको पानीको अवस्थाबारे बुझ्न आइतबार बिहान उनले एक्सरे गरेका हुन् ।  

प्रधानमन्त्रीको स्वास्थ्यका कारण तिहारपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आज बसेको हो । आज प्रधानमन्त्री ओलीको डाइलासिस नभएपछि मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।  

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि खाइरहेका ओली स्वास्थ्य परीक्षणका लागि गत साउन र भदौमा गरी दुई पटक सिंगापुर समेत गएका थिए। त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत् रगतमा भएको  ‘एन्टीबडी’ निकालेर उनी भदौ २० मा स्वदेश फर्किएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक