September 8, 2019

आजको राशिफल / वि.सं. २०७६ भाद्र २२ गते आइतबार

वि.सं. २०७६ भाद्र २२ गते आइतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : निजामती सेवा दिवस, शिक्षा तथा साक्षरता दिवस, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) दशमी तिथि, मध्यरात्रीपछि ०१:१५ बजेसम्म, त्यसपछि एकादशी तिथि, मूल नक्षत्र, दिउँसो १०:४१ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, बेलुका ०९:२८ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा तैतिल करण दिउँसो ०१:०९ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०१:१५ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४५ बजे, सूर्यास्त : साँझ ०६:१६ बजे, दिनमान : ३१ घडी १९ पला (१२ घण्टा ३२ मिनेट , रात्रीमान : २८ घडी ४१ पला (११ घण्टा २८ मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : साँझ ०४:४२ देखि ०६:१६ सम्म, यमघण्ट : दिउँसो १२:०१ देखि ०१:३५ सम्म, गुलिक काल : दिउँसो ०३:०९ देखि ०४:४२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : दिउँसो ०१:३५ देखि ०३:०९ सम्म, अमृत वारवेला : बिहान १०:२७ देखि १२:०१ सम्म, लाभ वारवेला : बिहान ०८:५३ देखि १०:२७ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :

हरिपरिवर्तिनी एकादशी व्रत,  पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज भाग्यभावमा चन्द्रमा छ, मिहिनेत र परिश्रम गर्न सकेमा बन्दव्यापारबाट मनग्ये फाइदा हुने देखिन्छ । पुरुषार्थी कामले प्रसिद्धि दिलाउन सक्छ । दिगो कामबाट मनग्य लाभ मिल्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । तर शनि र चन्द्रमाको युतिसम्बन्ध भएकाले काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्  । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ ।  सचेततापूर्वक काम गर्ने दिन हो ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : विष्णु

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आठौं घरमा चन्द्रमा भएकाले मनमा चिन्ता, शङ्का र डरले जरो गाड्ने समय हो । यद्यपि आज गरिएका प्रयासबाट दीर्घकालिक उपलब्धी लिन सकिन्छ । मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ । गरी आएका व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । नचिताएको मान्छेको सहयोग पाइने छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । परिवारमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुनसक्छ । तर चन्द्रमाको अशुभ प्रभाव रहेकाले हरेक क्रियाकलापमा संयमता र सचेतताको खाँचो रहने छ भन्ने बुझ्नुपर्छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : सङ्कटा देवी

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : तीव्रगति र हडबड

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सातौं भावमा चन्द्रमा, शनिश्चर र केतु ग्रहको युतिसम्बन्ध भएको जटिल समय छ । मन रोमान्टिक र भावुक भए पनि मनका इच्छा र आकाङ्क्षा पूर्ण हुने लक्षण देखिंदैन । दिन मनोरञ्जनपूर्ण नै रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ, फकाउने फुस्ल्याउने परिस्थिति बन्नसक्छ । यथासम्भव समय र परिस्थितिलाई पर्गेलेर काम गर्न सके प्रेम र मित्रताको बन्धन कसिने बेला छ, आत्मीय मित्रसँग रमाइलोपल बिताउने अनुकूलता पाउन सकिन्छ । साझेदारी र श्रममूलक कामका माध्यमबाट लाभ लिन सक्नुहुनेछ ।

शुभरङ्ग : सुन्तले

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : विष्णुलक्ष्मी

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

के नगर्ने : परिवारको बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिने छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । तर्क, बहस, वादविवाद र मुद्दामामिला कार्यक्षेत्र भएका व्यक्ति राम्रो लाभ पाउने र प्रतिष्ठा मिल्ने समय हो । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुनसक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । काम बन्नाले निकै उत्साहित भइनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : गणेश

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : खानपानमा नियन्त्रण

के नगर्ने : आवेग, घमण्ड र क्रोध

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मिश्रित प्रभाव भएको दिन छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । आफन्त र सँगीसाथीसँगको आत्मीयतामा कमी आउने छैन । प्रेमी/प्रेमिकाका बीचमा नजिकको सम्बन्ध कायम हुनेछ । आर्जित वा सञ्चित धन भावनात्मक काम वा मनोरञ्जनात्मक क्रियाकलापमा खर्च गर्ने परिस्थिति आउने छ । आज पञ्चम भावमा चन्द्रमा र शनिश्चरको युति रहेकाले कुनै पनि काममा स्वनिर्णय र नेतृत्व नगरेको जाति हुन्छ । किनभने आफ्नै त्रुटि र कमजोरीका कारण जस नपाउन सक्नुहुन्छ । आशा गरेअनुरूप सहयोगीहरूले साथ पाइने नै समय हो ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : सूर्यदेव

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : अल्छी र अकर्मण्यता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

खराब समय छ । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ ।  आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । समयमा होस नपुग्नाले बन्नै लागेको काम पनि बिग्रन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ । घरखर्चको मात्रा बढ्नेछ । मौकालाई पहिचान गर्न नसक्नाले पछुतो मान्ने परिस्थिति बन्नेछ ।

शुभरङ्ग : गाढा रातो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

के नगर्ने : गोपनीयता भङ्ग

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तेस्रो भावमा रहेको चन्द्रमाको प्रभावले आज हिम्मत र साहस जुटाएर काम गर्ने समय छ । कुनै आवश्यक काम पूर्ण गर्न खर्चको मात्रा बढाउनु पर्ने परिस्थिति देखा पर्नसक्छ । सँगीसाथको साथ पाइने नै समय छ, तर जति मिहिनेत भएको छ, प्रतिफल कममात्र हातपर्ने दिन हो । तापनि उठ्नुपर्ने रकम हातलागी हुने समय हो ।  गरिआएको काममा भन्दा पटके र अस्थायी पेसाबाट फाइदा हुने समय छ । आँटेका काम पूरा गर्न निकै सक्रियता देखाउनु पर्छ, किनभने बन्नै लागेको काम बीचमा अवरुद्ध बन्न सक्छन् । नयाँ काम सुरु गर्न निकै खट्नु पर्ने हुन्छ । लगनशीलता र परिश्रमको अभावमा बन्दव्यापारमा मन्दी छाउने छ । परोपकारी र सामाजिक काममा समय प्रदान गर्नु पर्नेछ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

के नगर्ने : साथीभाइको बेवास्ता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुन सक्ने दिन छ, तर आज मिश्रित प्रभाव प्राप्त हुने समय छ । अरूको विषयमा चासो राख्दा वादविवाद हुनसक्छ । धैर्यसाथ गरिएको कामबाट फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । बोलीमा मिठास र चाकरीको व्यवहार देखाउनु पर्छ । सहयोगीहरूले आशा गरेअनुरूप साथ दिन सक्दैनन् । मिहिनेत गरेबमोजिमको फाइदा लिन सकिंदैन । विगतको गल्ती र कमजोरीको कुरो उठ्न सक्छ । पठन–पाठनमा ध्यान दिने फुर्सद हुँदैन । तर रिसराग र बोलीवचनमा संयमता देखाउन सकेमा नचिताएको काम बन्न पनि सक्छ । चेलीबेटी र कुटुम्बपक्षका काममा खट्नुपर्ने परिस्थिति देखापर्ने छ ।

शुभरङ्ग : सेतो वा उज्यालो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

के नगर्ने : बोलीवचनमा कडापन

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मनमा उत्साह र उमङ्गको कमी देखिने छ । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आज आफ्नै राशिमा चन्द्रमाको प्रवेश भएको छ, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित भएमा कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा बढाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । परिवारजनसँगको आत्मीयतामा कमी आउँदैन, काम गर्दा गोपनीयतामा जोड दिनु पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । धैर्य र संयमताको पालना गर्दै अनुशासित र कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : गणेश

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : मन उत्ताउलो नबनाउने

के नगर्ने : हतारमा निर्णय

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

चन्द्रमाको प्रभाव कमजोर छ, तर आफ्नो बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा वैदेशिक प्रयोजनको काम वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ  । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । दूरदराजबाट शुभ समाचार सुन्नपाइने छ वा कुनै उपहार प्राप्त हुने सम्भावना पनि देखिन्छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ  । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । धैर्यले काम लिने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

के नगर्ने : याचकको अपमान

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सोचेभन्दा राम्रो फाइदा हुने समय आएको छ । राशिस्वामी शनिश्चर र चन्द्रमाको लाभभावमा युतिसम्बन्ध रहेको छ, दैनिकीसँग सम्बद्ध पारिवारिक आवश्यकताको पूर्ति हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । दिन मनोरञ्जनपूर्ण रहनेछ । पठनपाठनमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा पनि हुनसक्छ ।

शुभरङ्ग : सेतो वा सुन्तले

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/बैजनी

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज चन्द्रमाको नकारात्मक ऊर्जा हाबी हुने भएकाले सरकारी काममा झमेला आउने दिन हो, त्यस्तै वादविवाद र मुद्दामामिलाबाट टाढा बस्ने समय छ, नत्र कर्मचारी वा शासक वर्गबाट पीडित हुनुपर्ने वा धोका हुनसक्ने समय छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । पिठ्युँमा बसेर कुरा काट्नेहरू तपाईंको साख कमजोर बनाउन सक्रिय भएको देखिन्छ, लक्ष्य र योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आत्मबल र हिम्मतको प्रयोग गर्ने समय हो । गरेको कामले धेरैको मन जित्न सकिने छ । ठूलाबडा र विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । पेसा वा बन्दव्यापारबाट सामान्यतया लाभ उठाउन सकिने छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भोलेशङ्कर

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

के नगर्ने : उदासीनता/नैराश्यता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द