सरकार ‘कम्युनिस्ट स्टेट’ बनाउन खोज्दैछः देउवा

 भदौ ११,काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् । नेपाल प्रेस यूनियनले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले मुलुकलाई ‘कम्युनिस्ट स्टेट’ बताउने खतरा बढेको बताएका हुन् ।  

“यो सरकार कम्युनिस्ट सरकार होइन । यसले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्यो,” सरकारलाई प्रजातन्त्रविरोधी सरकारको संज्ञा दिँदै उनले भने । सभापति देउवाले प्रजातन्त्र, मानवअधिकार र वाक् स्वतन्त्रताका लागि फेरि लड्ने दिन आएको पनि बताए ।

“स्थायी प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रता स्थापनाका लागि लड्ने दिन आयो,” उनले भने, “सरकारले सबै क्षेत्रमा कब्जा गर्दै गएको अवस्था बन्दैछ । त्यस्तो अवस्थामा लड्नुपर्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न असमर्थ भइसकेको पनि दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी