अध्यक्ष दिन ओली तयार, नेकपामा प्रचण्ड निर्णायक

काठमाडौं, भदौ ११सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समयमा देखा परेको समीकरण फेरबदलबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक रुपमा शक्तिशाली बनेका छन्। पूर्वएमालेका दुई प्रमुख नेता केपी शर्मा ओली र माधवकुमार नेपालबीच समूहगतका साथै व्यक्तिगत सम्बन्धमै तिक्तता बढेपछि अध्यक्ष दाहाललाई त्यसको लाभ भएको छ।

oli-prachanda_dVG9B74z54

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूविरुद्धको सम्भावित गठबन्धनको आँकलन गरेर अध्यक्ष दाहाललाई विश्वासमा लिने गरी समझदारी गरेपछि बरिष्ठ नेता नेपाल पार्टीमा एक्लिएका छन्। ओली पनि दाहालको साथ बिना अगाडि बढ्न नसक्ने अवस्थामा पुगेका छन्।

नेकपा सचिवालयका एक सदस्यका अनुसार सिंगापुरबाट फर्केपछि ओलीले पार्टीको विधान संशोधन गरी दाहाललाई अध्यक्षको कार्यकारी अधिकार सुम्पिने तयारी गरेका छन्।

सिंगापुर जानुअघि नै ओलीले दाहाललाई सचिवालय बैठक आयोजना गरेर पार्टीका निर्णयहरू गर्नसक्ने गरी कार्यकारी अधिकारको जिम्मेवारी दिएर त्यसको संकेत गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी