August 25, 2019

सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिबिधि बढ्दा सरकार के गरेर बसेको छ ?

भदौ ८,काठमाडौं  : राष्ट्रिय सभा बैठक नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुख ब्यक्त गरेको छ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टी भित्र दुई शिर्ष नेताहरु बीच भएको सम्बाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए।

यस किसिमको ब्यवहार र सम्वादको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता ब्यक्त गरे। देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने समयमा दल भित्रको किचलोले सम्वृद्धिमा   बाधा पुग्ने बताए।

यस्तै आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद बलराम बास्कोटाले भने पारस शाहले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी माथि गरेको दुर्व्यवहारमा किन कारबाही नगरेको भन्दै सरकार सँग रोष प्रकट गरे।

यस्तै सांसद बास्कोटाले देशमा अवान्छित गतिबिधिहरु बढ्ने, विभिन्न बहानामा कानून हातमा लिने र ‘सरकार र संविधानको बर्खिलाप हुनेगरी गतिबिधि बढ्दा सरकार के गरेर बसेको छ’ भनेर प्रश्न गरे।

रवि लामिछाने प्रकरणमा विभिन्न सामाजिक संजालमा अवान्छित गतिबिधि हुँदा प्रशासनलाई कानुन कार्यान्वयन गर्न के कारणले रोक्यो भनेर आक्रोश ब्यक्त गरे। काठमाडौँ चितवन लगायतका क्षेत्रमा बढेको अवान्छित गतिबिधि रोक्न सरकारले गरिरहेको काम बारे सदनमा जानकारी गराउन माग गरे। विशेष समयमा बोल्ने अन्य वक्ताहरुले देशको समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी