August 22, 2019

प्रोटोकल नमिल्ने भन्दै प्रचण्ड र नेपालले जयशंकरलाई भेटेनन्, देउवा र भट्टराई होटलमै पुगे

काठमाडौं, भदौ ५ : प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छैनन्। 

बाबुराम र उपेन्द्रले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई । तस्बिर : बाबुराम भट्टराईको ट्वीटरबाट।

बुधबार नेपाल आएका जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन्।

उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डलाई बिहान ८ बजे र त्यसपछि माधवकुमार नेपाललाई आफू बसेकै होटलमा भेट्न निम्ता पठाएका थिए।

पूर्वप्रधानमन्त्री एवम् पार्टीको अध्यक्ष र वरिष्ठ नेताको हैसियतमा अर्को मुलुकमा विदेश मन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादाविपरीत हुने भन्दै भेट अस्वीकार गरेका हुन्।

नेपालभन्दा अगाडि बोलाइएका प्रचण्डले आफू नजाने बताएपछि नेपालले पनि सोही आधारमा जयशंकरका तर्फबाट आएको निम्तो अस्वीकार गरेको उनी निकट स्रोतले बताएको छ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगेका छन्।

जयशंकरसँग देउवाले दिउँसो १२ बजे भेटेका थिए।

यसअघि गत जेठमा कांग्रेस सभापति देउवाले भारतीय विदेशमन्त्री नियुक्त भएकोमा जयशंकरलाई बधाई दिएका थिए। प्रोटोकल बाहिर गएर बधाई दिनु अशोभनीय भएको भन्दै देउवाको आलोचना भएको थियो। 

जयशंकरले बाबुराम भट्टराईले १ बजेतिर भेटेका थिए।

जयशंकरलाई भेट्न बाबुराम भट्टराईसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सँगै गएका थिए।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकरले पहिलो भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरे।

उनले बुधबार दिउँसो सामूहिक रूपमा र एक्लै प्रधानमन्त्रीसँग करिब २ घण्टा भेटघाट गरेका थिए। 

प्रधानमन्त्री ओली र जयशंकरको कुराकानी लम्बिएकै कारण बुधबार दिउँसो २ बजे सुरू हुने भनिएको आयोगको बैठक झण्डै २ घण्टा ढिलो गरेर ५ बजेमात्रै सुरू गरिएको थियो।

यसैगरी, जयशंकरले बुधबार साँझ राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको टोलीलाई भेटेका थिए। उनले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी भेटेका हुन्।

२०७२ सालमा भारतका तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नेपाललाई नाकाबन्दी लगाउँदा भारतीय विदेशमन्त्री रहेका जयशंकरको विवादास्पद भूमिका खेलेका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी