विप्लव र प्रकाण्डको सेल्टर खोज्दै प्रहरी

श्रावण १६,काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढ्दै गएपछि स्थायी समिति र पोलिटब्युरो भंग गरिएको छ । अन्य १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त बनाइएको छ ।

Biplab-5_0IMFW4u6Mo

पार्टीका नेताहरु धमाधम पक्राउ परिरहेका बेला विप्लव समूहको पार्टीको माथिल्लो निकायका कमिटी भंग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, कमाण्ड भने यथावत् राखिएको छ । आन्तरिक र बाह्य संकटको सामना गरिरहेको विप्लव नेतृत्वको नेकपाका नेताहरुले भने पार्टीमा शुद्धीकरण अभियान चलाउन स्थायी समिति र पोलिटब्युरो भंग गरेको बताएका छन् ।

विप्लव समूहको पाँच सदस्यीय स्थायी समिति, ११ सदस्यीय पोलिटब्युरो र ३५ सदस्यीय केन्द्रीय समिति थियो । विप्लव समूहका एक नेताका अनुसार पोलिटब्युरो सदस्य भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ । वीरजंग चन्द विप्लवकै दाइ हुन् ।

केन्द्रीय सदस्यहरु शंकर खड्का, देवीदत्त पाण्डेय, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विक, आजाद केसी, आरपी तिमिल्सेना, सन्तोषी बिक, कृष्ण अधिकारी, रामप्रसाद तिमल्सिना लगायत १७ जनालाई जिम्मेवारीबाट मुक्त गरिएको छ । उनीहरुलाई खुला मोर्चामा पठाउने निर्णय गरिएको जिम्मेवारीबाटै हटाइएका एक नेताले बताए ।

यस्तै, पोलिटब्युरो सदस्य मोहन कार्की र कृष्ण धमलालाई भने केन्द्रीय सदस्य समेत नरहने गरी जिम्मेवारीमुक्त गरिएको छ । एक नेताले भने, ‘‘यो पार्टी शुद्धीकरण अभियान हो । यस्तो युद्धकालीन अवस्थामा पनि तत्कालीन माओवादी पार्टीले गर्दै आएको थियो । यसले पार्टीलाई बलियो बनाउँछ ।’’

ती नेताका अनुसार पार्टीका कतिपय गोप्य सूचना समेत ‘लिक’ हुन थालेपछि केही समयमा लागि शुद्धीकरण अभियान थालिएको हो । केही दिनअघि बसेको विप्लवसहितको स्थायी समिति बैठकले पार्टीका गोप्य सूचना चुहाएको भन्दै केही नेता, कार्यकर्तालाई पार्टीबाटै बर्खास्त समेत गरेको छ । 

सरकारले गत फागुन अन्तिम साता सो समूहमाथि प्रतिबन्ध लगाएपछि झण्डै सात सयजना पक्राउ परिसकेका छन् । जसमा ३० जनाभन्दा बढी जिल्ला इञ्जार्जकै हैसियतमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला इञ्जार्ज, स्थायी, पोलिटब्युरो सदस्य नै पक्राउ पर्न थालेपछि विप्लव समूहमाथि आन्तरिक सुरक्षाको चुनौती बढ्दै गएको थियो ।

विप्लव र प्रकाण्डको ‘सेल्टर’ खोज्दै प्रहरी

सरकार र विप्लव समूहबीच वार्ताको वातावरण बनिरहेको चर्चा पछिल्लो समयदेखि चलिरहेको छ । तर, विप्लव समूहले विज्ञप्ति नै जारी गरेर वार्तालाई ‘बकवास’ भनेपछि वार्ताको चर्चा सेलाउँदै गएको छ । मुलुकका तीनै सुरक्षा संयन्त्र राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सेल्टर खोज्न थालेको छ । यसका लागि तीनवटै संगठनको विशेष टिम सक्रिय रहेको बताइएको छ ।

एक उच्च प्रहरी अधिकारीले भने, ‘‘विप्लव र प्रकाण्डलाई मात्रै समात्न सके सो समूह पूरै कमजोर हुने सरकारको निष्कर्ष छ । त्यसमाथि उनीहरुका विस्फोट, आगजनी लगायतका गतिविधि रोकिएका छैनन् ।’’ विप्लव र प्रकाण्डविरुद्ध देशका विभिन्न जिल्लामा मुद्दाहरु छन् । प्रकाण्ड यसअघि पक्राउ परेका छुटेका थिए भने कानुनको नजरमा विप्लव फरार सूचीमा छन् । 

भोजपुर जिल्ला अदालतमा विप्लवविरुद्ध बम विस्फोटसम्बन्धी मुद्दा दायर छ । सुरक्षा सूत्रका अनुसार नेता प्रकाण्ड उपत्यका आसपासकै जिल्लामा छन् भने विप्लवले सेल्टर परिवर्तन गर्दै हिँड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी