July 21, 2019

एक महिलाले जन्माईन् ३ वटा टाउको भएको शिशु

साउन ५, भारत : भारतमा चिकित्सकहरुलाई नै आश्चर्यमा पार्ने एक शिशुको जन्म भएको छ । भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको शिशुको जन्म भएको छ ।

 

यो अनौठो जन्म जुलाई ११ मा उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा भएको हो ।

शिशुको मुख्य टाउकोबाट दुई वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।

‘महिलाको यौनाङग भइको बच्चाको तीन वटा टाउको छ । उनी टीभीहरुमा देखिने एलियनजस्तै देखिन्छिन् ,’ यो अनौठो बच्चाको जन्म देखेकी बिज्जी ठाकूले भनिन् ।

अझ ती अनौठो शिशुलाई उनको आमाले अपरेशन बीना नै जन्म दिएकोमा चिकित्सकहरु पनि आश्चर्यमा परेका छन् ।

बच्चाको थप उपचारका लागि उनको जन्म भएको प्राथमिक केन्द्रमा पर्याप्त सुविधा नभएकाले उनलाई जिल्ला अस्पताल इताहमा रिफर गरिएको थियो ।

डाक्टरहरुले बच्चाको एमआरआई गर्ने र नवजात शिशुको दिमागको वास्तविक अवस्था पहिचान गर्ने बताएका छन् ।

‘यो विरलै हुने चिकित्सकीय अवस्था हो । तर शिशुको शरीर पूर्ण रुपमा विकसित नभएकाले अहिले छुट्याउन सकिने सम्भावना हुन्छ । त्यही भएर हामी एमआरआई गरेर शल्यक्रिया गर्नेछौं ,’ इताह जिल्ला अस्पतालका प्रमुख चिकित्सकीय परिवेक्षक राजेश ठाकूरले भने ।

अतिरिक्त टाउको भएको बच्चाको जन्मको घटना विश्वभरी भइरहन्छ । तर तीन वटा टाउको सहित जन्मेको भने त्यति सुनिँदैन ।

यो चिकित्सकीय अवस्थालाई ‘इन्सेफलोसेल’ भनिन्छ । रिपोर्ट अनुसार यो अवस्थाका साथ जन्मिएका बालबालिकाको बाँच्ने सम्भावना ५५ प्रतिशत हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने