बाढीले बगाउँदा २ जनाको मृत्यु, हेटौंडा–काठमाडौं सडक अवरुद्ध

जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रवार दूर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको शव स्थानीय प्रहरीले शनिवार बिहान खोजतलास गर्दा फेला परेको हो । 

मकवानपुरमा बाढीले बगाउँदा १ छात्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले शुक्रवार जनाएको छ ।

अविरल वर्षात्ले गर्दा त्रिभुवन राजपथको महभिरमा पहिरो र रुख ढल्नाले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा शनिवार बिहानैदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

यसैगरी अविरल परेको वर्षाले भैंसेदेखि निबुवाटारबीचको स्थानमा पहिरो जाँदा हेटौंडा–भीमफेदीतर्फ यातायात सेवा पनि अवरुद्ध भएको छ । यसैगरी हेटौंडा कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सिस्नेरी र फाखेल तर्फको सडकखण्डमा शुक्रवारदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

हेटौंडा–कुलेखानी–फाखेलतर्फको पहिरो हटाई यातायात सेवालाई सञ्चालन गर्न प्राविधिक र डोजर त्यसतर्फ पठाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–नारायणगढ–सडकखण्डमा यातायात सेवा पनि शनिवार बिहानैदेखि सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ