July 7, 2019

सांसदले उठाएका विषयबारे सदनलाई जानकारी दिन सरकारलाई सभामुखको रुलिङ

सभामुख कृष्णबहादुर महराले विषादी परीक्षण नगर्ने निर्णयलगायत समसामयिक विषयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे सरकारको जवाफ माग गरेका थिए। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले पनि राज्यसत्ताले मधेसी र थारु समुदायप्रति क्रुर, निर्दयी र अमानवीय व्यवहार गर्दै गएको भन्दै प्रहरी दमनको भत्र्सना गर्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेका थिए।

दुवै सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ मागे पछि सभामुखले ती विषयबारे सदनको आगामी बैठकमा जानकारी राउन सम्बन्धीत मन्त्रीहरुलाई निर्देशन दिएका हुन्। ‘सदस्यहरुले उठाएका महत्वपूर्ण विषयमा सम्बन्धित मन्त्रीलाई आगामी बैठकम जानकारी गराउन निर्देश गर्छु,’ सभामुख महराले भने। आफूहरुले उठाएका विषय प्रति सरकार जिम्मेवार नभएको भन्दै पटक पटक सांसदहरुले बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी