July 7, 2019

प्रधानमन्त्रीलाई गगन थापाको कटाक्ष– घुँडामा कत्रो भ्वाङ पर्‍यो देखाइदिनुहुन्छ कि ?

भारतबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी भित्रिन दिने सरकारी निर्णयप्रति नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कटाक्ष गरेका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने– ‘प्रधानमन्त्रीको मान राख्न मास्क नलगाई विषाक्त हावा सेवन गरेकै थियौं, सरकारी निर्णयको मान राख्न विषादी तथा फलफूलसहितको तरकारी तथा फलफूल पनि खाइदिउँला । सम्माननीय सभामुख महोदयमार्फत प्रधानमन्त्रीज्यूलाई यति मात्र सोध्न बाँकी छ– तपाईंको राष्ट्रवादी खुट्टा देखिसकिएकै हो, घुँडामा भ्वाङ कत्रो परेको छ, देखाइदिनुहुन्छ कि ?’

सांसद थापाले पारि (भारत) बाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको टिप्पणी समेत गरे ।

‘सरकारले आयात हुने कृषिजन्य पदार्थमा विषादी परीक्षणको निर्णय गरी आवश्यक तयारी विना काम शुरू गरेकाले अप्ठ्यारो र झण्झटिलो त हुने नै भयो । तै पनि काम राम्रो भएकाले केही समयका लागि महंगो तरकारी खाएर होस् वा तिउन विनाको भोजन गरेर होस्, सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौं । हाम्रो यस्तो साथ पाएपछि लागेको थियो– आफ्नो निर्णयमा सरकार अडिग रहनेछ । विलम्ब नगरी भन्सार बिन्दुमा पूर्वाधार बनाउने छ र ठोकेर भन्ने छ, मेरो देशमा विषादी परीक्षण नगरी तरकारी तथा फलफूल भित्रिन दिने छैन । जनताको यस्तो साथ पाएपछि पारिबाट वारि आउने तरकारी तथा फलफूलसँगै वारिबाट पारि जाने अलैंची र चियाको समेत हिसाब किताब हुनेछ भनेर गर्जेर भन्ला भनेको त पारिबाट आएको खोकीको मन्द आवाजले थला पो पर्‍यो हाम्रो सरकार !’ गगनले भने ।

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण शुरू गरेको तीन साता नबित्दै सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी