काङ्ग्रेस नेतृत्वको स्थानीय तहमा अनावश्यक कर नलगाउनुहोस्ः देउवा

काठमाडौँ, १४ असार : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाएका छन् ।

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई शनिबार यहाँ सम्मान गर्दै उनले प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु हो भने ।

सम्मानित हुनेमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारी, पूर्व प्रशासक नेत्रबहादुर कार्की, शिक्षासेवीद्धय अञ्जु खड्का र मोहन कोइराला तथा गीत सङ्गीत क्षेत्रका प्रतिभा आयुष केसी छन् ।

समारोहमा बालप्रतिभा केसीलाई प्रेरणा दिन गाउँपालिकाको तर्फबाट रु दुई लाख नगद प्रदान गरियो । पूर्वप्रधानमन्त्री देउवाले भने, ‘सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ, यसबाट जनताले निकै सास्ती खेप्नु परेको छ ।’

लोकतन्त्र र संविधानले सुनिश्चित गरेका गतिविधिलाई अँकुश लगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिए ।

नेपाली काङग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक सङ्घीयतामा गएसँगै सिहदरबारको अधिकार गाँउ–गाँउमा पु¥याउने भनिएकोमा अहिले बालुवाटर केन्द्रित गर्ने प्रयास भइरहेको आरोप लगाए ।

विश्वमा सामुदायिक सम्बन्धी नीति अँगालेका देशका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका प्रेरणाको स्रोत बनेकोमा खुशी व्यक्त गर्दै उनले गाउँपालिकाले जनताका लागि प्रदान गर्ने सेवामा करमुक्त गरेकोमा प्रशंसा व्यक्त गरे ।

सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसीले जनतामा राज्यबाट प्रदान गरिने सेवा सहज ढङ्गबाट उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध छ भने । हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले स्थानीय तहले सङ्कलन गर्ने राजश्वको ५० प्रतिशत खर्च गर्न पाउने व्यवस्था कडाइका साथ पालना गराउन तथा स्थानीय तहलाई कुन ढाँचामा अघि बढाउने भन्नेमा पार्टीको स्पष्ट निर्देशन हुन आवश्यक रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी