केहीले खिसीट्युरी गरेका छन्, असार मसान्तसम्म पार्टी एकता सक्छौं: प्रधानमन्त्री ओली

काठमाडौं, असार १४ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको काम असार मसान्तभित्रै सकिने बताएका छन्।

kp_oli_g191ft7qZK

पार्टी एकता टुंग्याउन केही अलमल देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले यो आर्थिक वर्षभित्रै पार्टी एकता पूर्ण रुपमा सक्ने बताए।

मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा अध्यक्ष ओलीले जनताको बहुदलिय जनवाद नै पार्टीको सिद्धान्त भएको बताए।

उनले एकता टुंगिन केही समय लाग्दा खिसीट्युरी गरिएको बताए। ‘हामीले जनताको बहुदलिय जनवाद कार्यक्रमको नाम राखेका छौं,’ उनले भने, ‘केहीले अलिकति हामीलाई खिसीट्युरी गरेका छन्, एकता टुंगिएको छैन भनेर। ठूलो काम गरेका छौं त्यसले अलिकति अलमल सिर्जना भएको छ।’

यो आवभित्रै पार्टी एकता सकेर नयाँ आवदेखि उत्साहसाथ सरकार अघि बढ्ने उनले बताए। ‘निराश हुनुपर्ने कुनै कारण छैन। यो आवभित्र एकता प्रक्रिया पूरा हुन्छ,’ उनले भने, ‘अर्को आर्थिक वर्षमा नयाँ उत्साहसाथ हामी अघि बढ्छौं।’ उनले काठमाडौंमा धुलो हट्दै गएको, सडक कालोपत्रे गरिएको बताए। ‘सरकारले राम्रो काम गरेको छ। सरकार महान उद्देश्यमा दृढ छ। काठमाडौंमा माक्स लगाएर नाक थुनेर कोही हिड्दैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग