पश्चिम बंगालमा कांग्रेस र तृणमूल कांग्रेसबीच भिडन्त, तीनको मृत्यु

कोलकाता जेठ ३२ : पश्चिम बंगालमा तृणमुल कांग्रेस र भारतीय राष्ट्रिय कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ। झडपमा तृणमूल कांग्रेसका तीन कार्यकताको मृत्यु भएको हो।

 शनिबार बिहान पश्चिम बंगालको मुर्शिदावादमा भएको झडपमा तृणमूल कांग्रेसका कार्यकर्ता खैरुद्दीन शेख, सोहेल राणा र परिचय नखुलेका अर्का एक कार्यकर्ताको मृत्यु भएको प्रहरी र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।लोकसभाको चुनाव अघि पनि ढोलमोल पञ्चायत समितिका अल्ताफ हुसैनका हत्या भएको थियो। हत्याका आरोपी केही दिनमै रिहा भएका थिए।

शनिबार हत्या हुने सोहेल राणा र खैरुद्दीन शेख अल्ताफका छोरा र भाइ हुन। घटनापछि यस इलाकामा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। तृणमूलले आफ्ना कार्याकर्ताको हत्याको पछाडि कांग्रेसको हात रहेको आरोप लगाएको छ।

घटनाका बारेमा खैरुद्दीनका छोराले भने, ‘हामी घरमा सुतिरहेका थियौँ, अचानक बम हमाला भयो। उनीहरुले बाबामाथि हमाला गरे।’ उनले केही दिन पहिले काका अल्ताफको हत्या पनि उनीहरुले नै गरेको र उनीहरु कांग्रेसको कार्यकर्ता भएको बताए।

लोकसभाको निर्वाचनपछि पनि पश्चिम बंगालमा हिंसाको शृंखला नजारी छ। चुनावपछाडि मात्रै १० राजनीतिक कार्यकर्ताको मृत्यु भएको र मृत्यु हुनेमा धेरैजसो तृणमूलका कार्यकर्ता भएको बताइएको छ।

पीश्चम बंगालमा अहिलेसम्म भारतीय जनता पार्टी र तृणमूल कांग्रेसकाबीच झडप हुँदै आएको थियो। शुक्रबार मात्र मुख्यमनत्री ममता बेनर्जीले भाजपाप्रति आक्रमक रुपमा प्रस्तुत भएकी थिइन्। उनले आफ्नो राज्यलाई गुजरात बन्न नदिने उद्घोष गरेकै भोलिपल्ट उनका तीन कार्यकर्ताको हत्या भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने