May 14, 2019

एक लाख बेरोजगारले २ महिनाभित्र रोजगारी पाउँदै, नाम दर्ता गराउने अन्तिम दिन आज

काठमाडौं बैशाख ३१: आउने दुई महिनाभित्र देशका एक लाखभन्दा बढी बेरोजगारलाई सरकारले रोजगारी दिने भएको छ।

 प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिनकाे रोजगारी सरकारले उपलब्ध गराउने भएकाे हाे। सरकारले प्रत्येक परिवारका एक सदस्यलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने र दिन नसके बेरोजगार भत्ता दिने घाेषणा यसअघि नै गरिसकेको छ।

यस आर्थिक वर्षमा सय दिनकै रोजगारी दिन नसकिएकाले एक महिनाका लागि मात्रै रोजगारी दिने तयारी गरिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

त्यसका लागि सम्बन्धित स्थानीय तहमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकिएको मन्त्रालयले जानकारी दिएकाे छ। 

याे कार्यक्रम सञ्चालन गर्न स्थानीय तहले ५ लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान पाएका छन्। स्थानीयस्तरमा हुने पूर्वाधार निर्माण तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगारलाई ३० दिनको रोजगारी दिइने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि ल्याइएको कार्यविधि वैशाख २२ गते मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ।

बेरोजगारलाई न्यूनतम रोजगारी प्रत्याभूत गर्न तथा सामुदायिक पूर्वाधार विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले यो योजना अघि बढाइएको कार्यविधिमा उल्लेख गरिएको छ।

जसअनुसार स्थानीय तहले एउटा आयोजनामा बढीमा ५ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन्।

यो प्रत्येक स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई पूर्वाधार निर्माण तथा अन्य सार्वजनिक आयोजनामा संलग्न गराएर ज्यालाबापत नगद भुक्तानी गर्ने अल्पकालीन कार्यक्रम हो।

अनुदानस्वरूप प्राप्त रकम सम्बन्धित स्थानीय तहका रोजगार सेवा केन्द्रबाट खटिएका श्रमिकको ज्यालामा मात्रै भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ।

आउँदो असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने गरी सबै स्थानीय तहको खातामा ससर्त अनुदान रकम पठाइएको हो। बेरोजगारमा सूचीकरणका लागि आवेदन दिने अन्तिम दिन आज मंगलबार हो।

जेठको पहिलो सातासम्म सबै स्थानीय तहमा आवेदन दिएका बेरोजगारको सूची तयार भइसक्ने बताइएकाे छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने