नेपाल टेलिकमलाई विश्वसनिय बनाउन सञ्चारमन्त्रीको आग्रह

चैत ३०,जनकपुरधाम : सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निष्ठा, उत्तरदायी र जवाफदेही वहनलेनै देश, संस्था र जीवनको हित हुने बताएका छन् । 

नेपाल टेलिकम जनकपुरधाम कार्यालयद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले टेलिकमको गरिमालाई बचाइ आमजनताको मन जित्ने विश्वसनीय संरचना, व्यवस्थापन र क्रियाशीलताको खाँचो औंल्याए । 

उनले वर्तमान गतिले टेलिकमको भविष्य उज्ज्वल हुन नसक्ने उल्लेख गर्दै उनले एकातर्फ रूवावासीको अवस्था रहेको र अर्कोतर्फ युनियनले स्वायत्तताको माग अघि सार्नु चिन्ताको विषय रहेको बताए । 

मन्त्री बाँस्कोटाले पल÷पलमा लापरवाही प्रस्ट भइरहेको स्थितिमा नेपाल टेलिकमलाई पहिलो बनाउने विश्वसनीय आधार आमजनता समक्ष प्रस्तुत गर्नु गहन चुनौती देखिएको चर्चा गर्दै कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिए । 

टेलिकमलाई आम नागरिकले अपनत्व बोध गर्नसक्ने गरी ल्याएको शेयर वितरण कार्यक्रमलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने दिशामा व्यवस्थापन र कर्मचारीको सकारात्मक पहलको आवश्यकता रहेको पनि उनले धारणा राखे ।  

उनले सिम परिवर्तनका प्रणालीलाई स्थानीय तहमा विस्तार गरी अनलाइन सेवा उपलब्ध गराउनमा ध्यान केन्द्रित गरी नेटवर्किङ्ग समस्याको समाधान गर्न पहलको आवश्यकता औंल्याए ।  कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जनकपुर कार्यालय प्रमुख चिन्मय आनन्द र कर्मचारीले विद्यमान समस्याबारे जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने