माघ २३ , काठमाडौं : नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमै लुकेका छन् ? भन्ने प्रश्न गृहमन्त्रीलाई गरेकी छिन् । संसदमा गृहमन्त्रीसँग जवाफ माग्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।
संग्रौलाको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘‘अपराधमा संलग्न जोसुकै भएपनि छाडिन्न ।’’ गृहमन्त्री थापाले निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा सरकार गम्भीर भएको बताए । उनले भने, ‘‘अनुसन्धान जारी छ । सरकार गम्भीर पनि छ । अनुसन्धानमा लापरवाही गर्ने प्रहरीहरुलाई कारवाही गरेका छौं ।’’
सांसद गगन थापाले रक्षामन्त्री ईश्वर पोखरेलले हत्यारा पत्ता लागिसके भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिबारे जवाफ माग गरे । गृहमन्त्री थापाले भने, ‘‘यसबारे मलाई जानकारी छैन । यदि उहाँले त्यसो भन्नुभएको रहेछ भने त्यो छिट्टै पत्ता लाग्छ भन्ने आशयले होला । रक्षामन्त्रीको विषय गृह मन्त्रालयको धारणा होइन ।’’
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक