काठमाडौं , माघ २ : अनशनका क्रममा बिरामी भएपछि इलाम अस्पतालमा भर्ना गरिएका डा. गोविन्द केसीले सुईमार्फत एन्टिबायोटिक औषधि लिन थालेपछि तत्काललाई जटिलता केही कम भएको छ।
उनको उपचारमा संलग्न चिकित्सका अनुसार यसअघि औषधि लिन अस्वीकार गरेका डा. केसी मंगलबार बेलुकादेखि एन्टिबायोटिक लिन राजी भएका हुन्।
‘उहाँको रगत जाँच गर्दा रोगसँग लड्ने क्षमता विस्तारै कमजोर हुँदै गएको पाइयो,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वृजेन्द्रकुमार साहले भने,‘उहाँ आफैं डाक्टर हुनुहुन्छ, रिपोर्ट देखाएर सम्झाएपछि बल्लबल्ल एन्टिबायोटिक लिन मान्नुभएको हो।’
उनका अनुसार डा. केसीलाई सुईमार्फत आईभी एन्टिबायोटिक दिने क्रम जारी छ। एन्टिबायोटिक दिन थालेपछि तत्काललाई थप जटिलता टरे पनि डा. केसीलाई कुनै पनि बेला आईसीयूमा राख्नुपर्ने खतरा भने बाँकी नै रहेको डा. साहको भनाइ छ।
तर इलाम अस्पतालमा आईसीयू सुविधा नभएकाले इलाम बाहिरका अस्पतलामा लानुपर्ने अवस्था छ। डा. केसीको मुटुको चाल अझै अनियमित नै छ भने अक्सिजनको मात्रा पनि कम छ। यस्तै उनलाई मांशपेसी दुख्ने तथा बटारिने समस्या पनि रहेको चिकित्सकले बताएका छन्।
यसैबीच डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १ नम्बर प्रदेश प्रदेश स्वास्थ्य निर्देशनालयले धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई तयारी अवस्थामा राखेको छ। उनको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित भेन्टिलेटर तयारी अवस्थामा राखिएको बीपी प्रतिष्ठानले जनाएको छ।
‘तर डा. केसी बाहिरको अस्पतालनमा नजाने अडानमा हुनुहुन्छ,’ इलाम अस्पतालका निमित्त मेडिकले सुपरिटेन्डेन्ट डा. साहले भने, ‘यसबारे हामी अफिसियल छलफल गर्दैछौं। दुई/तीन घण्टामा केही जानकारी आउला।’
बीपी प्रतिष्ठानकाे चिकित्सक टोली इलाम नै जाने कि डा. केसीलाई धरान ल्याउने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताइएको छ। उक्त टोलीमा मुटुरोग विशेषज्ञ डा. प्रशान्त साह, जनरल फिजिसियन डा. अजय यादव, एनेस्थेसियाका डा. सविन भण्डारी, आईसीयूविज्ञ नर्स निर्मला बस्नेतलगायत प्राविधिकहरू रहेको बीपी प्रतिष्ठानले जनाएको छ।
डा.केसीको उपचारका लागि आवश्यक सम्पूर्ण उपकरणसहित एउटा भेन्टिलेटर रिजर्भ राखिएको चिकित्सक टोलीले जनाएको छ।
राष्ट्रिय चिकित्सा विधेयकका विषयमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इलाममा गएर पुस २५ गते अपराह्नदेखि १६औं सत्याग्रहमा बसेका डा.केसीलाई तेस्रो दिनदेखि नै स्वास्थ्यमा समस्या देखिन थालेको थियो।
अस्पताल जान नमानिरहेका डा. केसीलाई अनशल स्थल सहकारी विकास भवनबाट सम्झाई–बुझाई सोमबार बिहान अस्पताल भर्ना गरिएको हो।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने