दूरसञ्चार प्राधिकरणमा सञ्चारमन्त्रीको छड्के, २४ घण्टाभित्र जवाफ दिन निर्देशन

पुस २७, काठमाडौं – सञ्चार मन्त्री गोकुल बास्कोटाले संचार मन्त्रालयको विभागिय कार्यालय दुरसंचार प्राधिकरणमा छड्के चेकमा गएका छन् । उनी बिहिवार बिहान सिंहदरबार नगई सिधै दुरसञ्चार प्राधिकरणको कार्यालयमा छड्के गर्न पुगे ।

पछिल्लो समय विवाद र चर्चामा रहेका प्राधिकरणबाट भइरहेका कामबारे सञ्चारमाध्यमदेखि सर्वोच्च अदालतसम्म प्रश्न उठेपछि विभागीय मन्त्रीका हिसाबले बास्कोटा छड्के जाँचको शैलीमा गएका हुन ।

मन्त्री प्राधिकरणको कार्यालयभित्र १० बजे छिर्दा लगभग दुई तिहाई कर्मचारी आइसकेका थिए । प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालसहित उच्च अधिकारीका मन्त्रीको गाडी आएको थाहा पाउनासाथ खनालसहितका अधिकारीहरु हतार हतार उनको स्वागतमा पुगे ।

उनले मिडियामा आएका विषय देखी सर्वोच्च अदालतसम्म उठेका प्रश्नहरु बारे जानकारी लिन फाइल पल्टाउन लगाए र अदालत तथा मिडियामा उठेका प्रश्नको जवाफ मागे ।

धेरैजसो विभागीय प्रमुखले तत्काल जवाफ दिन नसकेपछि उनले २४ घण्टे अल्टिमेटमको शैलीमा शुक्रबार अपरान्हसम्म सबै डकुमेन्ट र जवाफसहित मन्त्रालयमा आउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए ।

बास्कोटाले प्राधिकरणका अधिकारीलाई भने ‘मन्त्रालयका कारण कुनै काममा बाधा परेको छ भने लिखित रुपमा लिएर आउनुस, त्यसलाई म फुकाइदिन्छु । तर डिजिटल नेपाल बनाउने यो सरकारको अभियानमा मुख्य अंग बन्नुपर्ने प्राधिकरणको यो शैलीको कामले चल्दैन । तपाईहरु सच्चिने कि हामीले विकल्प सोच्ने मलाई जवाफ चाहियो ।’

उनले ग्रामीण दूरसन्चार कोषको रकमबाट देशभर ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको कामबारे चासो राखे । प्रत्येक गाउँपालिका र वडातहसम्म इन्टरनेट विस्तार गर्ने परियोजनामा भइरहेको ढिलाई स्वीकार्य नहुने चेतावनी दिए । समयभित्र काम नसक्ने सेवा प्रदायक वा ठेकेदारलाई क्षतिपूर्ति भराउने हो कि, ठेक्का रद्द गरेर अर्कोलाई दिने हो भन्ने विकल्प लिएर आउन प्राधिकरण नेतृत्वलाई निर्देशन दिए ।

उनले फाइल हेर्दै जाँदा प्रदेश २ मा अप्टिकल फाइबर बिछ्याउने ठेक्का पाएको सुबिसु इन्टरनेट सेवा प्रदायक कम्पनीले निर्धारित समयभित्र ३० प्रतिशतमात्र काम गरेको भेट्टाए । तत्कालै सबन्धित अधिकारीलाई यसबारे सोध्दा सुबिसुलाई थप ६ महिना म्याद थपिएको जानकारी पाए ।

एक वर्षमा सम्पन्न गर्नुपर्ने परियोजना थप ६ महिना दिँदा पनि ३० प्रतिशतभन्दा बढी काम नभएको पाएपछि मन्त्री कड्किए । प्रभावकारी अनुगमन नभएको भन्दै उनले प्राधिकरणका कर्मचारीको पनि लापरवाही देखिएको आरोप लगाए ।

त्यस्तै प्रदेश ४ र ५ मा सोही परियोजना अन्तर्गत अप्टिकल फाइबर बिछ्याउने ठेक्का पाएको युटिएलले नेपाल इन्फा भन्ने कम्पनीसँग जेभी गरेको भन्दै अनधिकृत कम्पनी भुक्तानी माग्न आएको उजुरी मन्त्रीसम्म पुगेछ । २ अर्ब १ करोडको सो परियोजना युटीएलले अर्कै कम्पनीलाई दिएर बैंक ग्यारेन्टी समेत स्वीकृत भइसकेको थियो ।

मन्त्रीले ऐन बमोजिम गर्न नमिल्ने काम कुन कर्मचारीबाट स्वीकृति दिइयो भन्दै प्रश्न गरे । उनले यसबारेमा पनि २४ घण्टाभित्र मन्त्रालयमा जवाफ पठाउन निर्देशन दिए । त्यस्तै भूकम्प लगत्तै ११ जिल्लामा इन्टरनेट सेवा विस्तारका लागि विनियोजन भएको बजेट दुरुपयोग भएकोबारे पनि उनले चासो राखे ।

उनले दूरसञ्चार प्राधिकरणविरुद्ध विभिन्न सेवा प्रदायक अदालत जाने र उनीहरुको पक्षमा फैसला ल्याउने गरेकोमा गम्भीर चासो व्यक्त गर्दै यस्तो किन भइरहेको छ भन्ने प्रश्न पनि उठाए ।

करीव एक घण्टाको अनुगमन र छड्के जाँचपछि उनलाई निमित्त अध्यक्षले कफी पिउन र सभाहलमा कर्मचारीलाई सामूहिक निर्देशनको प्रस्ताव राखे । तर मन्त्री बास्कोटाले आफू कफी खाने र निर्देशन दिने गरी नआएको भन्दै २४ घण्टाभित्र जनताले बुझ्ने गरी आफूले उठाएका प्रश्नहरुको जवाफ लिएर मन्त्रालय आउन निर्देशन दिदै फर्किए ।

मन्त्री बास्कोटाले प्राधिकरणका सबै विभाग र शाखाको कार्यकक्षमा पसेर जानकारी लिएका र सूचना तथा प्रविधि र दूरसञ्चारको क्षेत्रमा जनताले सुविधा पाउने परिर्वतन देखिने गरी काम गर्न निर्देशन दिएको निमित्त अध्यक्ष पुरुषोत्तम खनालले बताए । मन्त्रीले त्यसक्रममा कर्मचारीको हाजिरी समेत जाँच गरेका थिए ।

(अनलाइन खबरको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८