November 20, 2018

अपडेट : उर्लाबारीमा भिषण आगलागी, अागाे नियन्त्रण प्रयास जारी (भिडियो सहित)

 

मोरङ / मोरङको उर्लाबारी नगरपालिका ७ इटहरा रोडमा अहिले आगलागी भइरहेको छ । स्थानीय भक्ति अधिकारीको घरबाट लाग्न सुरु भएको आगो नियन्त्रणमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणकै लागि विभिन्न ठाउँबाट पाँचवटा दमकल घटनास्थलमा पुगेका छन् । स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रण सम्भव नभएको स्थानीय कविता बस्नेतले बताइन । बस्नेतका अनुसार आगो नियन्त्रण हुन नसकेपछि र अन्य घर समेतमा सल्किने सम्भावना बढेपछि छेउमा रहेको एउटा घर भत्काइएको छ । उनले दिउँसोको समयमा एक्कासि घुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाले हेर्दा आगो लागेको थाहा भएको बताइन ।

आगोले अधिकारीको घर पूर्ण रुपमा ध्वस्त भइसकेको छ । अन्य घरतर्फ सल्किने क्रममा रहेको आगो नियन्त्रणको प्रयास भने जारी राखिएको प्रहरीले जनाएको छ । ताला लागेको र कोही पनि मानिस नभएको अवस्थामा रहेको घरबाट आगो सुरु भएकाले त्यसको कारण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार काठले बनाइएको र कर्कटपाताले छाएको घरमा आगो लागेको हो । आगलागी नियन्त्रणका लागी दमक, विर्तामोड, र इटहरीबाट आएका दमकललाई झण्डै एकघण्टा लागेको थियो । आगलागीबाट लाखौको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ