राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशब झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, “सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं । काउन्टडाउन सुरु भैसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । आज चार दिन बितिसक्यो । अब ६ दिन बाँकी छ । हामी अहिले बाध्यकारी अवस्थामा छौं । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।”
नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराए । उनले भने, “हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो । हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन् ।”
सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिँगो मधेसका जनता आक्रोशित रहेको बेला आफूहरुले रिस्क मोलेर समर्थन दिएर हातेमालो गरेको झाले सुनाए । उनले भने, “ओलीजीको बारेमा सिँगो मधेशमा नकारात्मक अवस्था थियो । हामीले बहुत ठूलो रिस्क लिएर उहाँसँग हातेमालो गर्यौं । किनकी राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन् । हामीले विगत ३ वर्षदेखि वार्ता तथा सम्वादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं । तर, अहिलेसम्म संविधान संशोधन भएन ।”
सरकार बनेको आज ९ महिना बितिसक्दापनि सरकारले संविधान संशोधनको लागि आजसम्म ईमानदार प्रयत्न नगरेको उनको आक्रोश छ ।
फरक प्रसंगमा उनले वर्तमान सरकारले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । संघीयताको सवालमा वर्तमान प्रधानमन्त्री ओली र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बुझाई एउटै रहेको पनि उनले बताए । उनले भने, “अहिलेको सरकारले संघीयता पचाएको छैन् । त्यसैले कमजोर बनाउने काम भयो । यो सरकारको राष्ट्रघाती सोच हो ।”
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक