शिक्षाको माध्यमबाट राष्ट्रको समग्र विकासमा जोड : परराष्ट्रमन्त्री ज्ञवाली

३० कार्तिक,काठमाडौं : ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु हुने भएको छ।  सार्वजनिक शिक्षालाई विश्वभर गुणस्तरीय बनाउने गरी आवश्यक रणनीति तय गर्ने मूल एजेन्डासहित शुक्रबारबाट काठमाडौंमा सो सम्मेलनको शुभारम्भ गरिएको हो। तीन दिनसम्म चल्ने सम्मेलनले विश्वभर सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक नीति तय गर्ने अभियानका नेपाल अध्यक्ष कुमार भट्टराईले जानकारी दिए। 

सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्वजनिक शिक्षाको माध्यमबाट राष्ट्रको समग्र विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए। उनले राष्ट्रको समृद्धिको मूल आधार शिक्षा भएकाले सबैलाई शिक्षाको दायरामा ल्याउन नेपाल सरकारले विशेष अभियाननै संचालन गरिरहेको उल्लेख गरे।

विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको सो अभियानको सम्मेलनमा सय भन्दा बढी देशका २ सय ५० जनाभन्दा बढी शिक्षाप्रेमीहरु सहभागी भएका छन्। सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना मोहम्मदले पनि सम्बोधन गरेका थिए।

अभियानले न्याय, समानता र समावेशीताको लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ। सम्मेलनले अभियानको नयाँ नेतृत्व पनि चयन गर्ने शिक्षाका लागि विश्व अभियान, नेपालका अध्यक्ष भट्टराईले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने