तल्लो तहमा पार्टी एकताबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

पार्टीको तल्लो तह एकताबारे छलफल गर्न नेकपा सचिवालय बैठक आज पनि बस्दैछ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बताइएको छ। बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

यसअघि सचिवालय बैठक पटक–पटक बसे पनि पार्टी एकताबारे निर्णय हुन सकेको छैन।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको लामो समय भइसक्दा पनि तल्लो तह र जनसंगठनहरू एकता हुन नसक्दा कार्यकर्ताहरूमा निराशा बढ्दै गएको छ।

नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी भने तोकिसकेको छ। तर यसमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असहमति दर्ज गराएका छन्।

बुधबारको बैठकले पार्टीमा देखिएको असहमतिका विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ। छठ पर्व सम्ममा पार्टी एकता टुंग्याएर देशव्यापी अभियान थाल्ने नेकपाको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक