राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री ओलीले लगाए टिका

धानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन् । बालुवाटारस्थित सरकारी निवासमा आफ्ना पितासंग टीका लगाएपछि प्रधानमन्त्री ओली शितल निवास पुगी राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन ।

राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका लगाई जमराको माला लगाईदिनुभएको थियो । उनीसंगै प्रधानमन्त्री पत्नी राधिकाले पनि राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गरिन।

यसअघि उपराष्ट्रपति नन्द बहादुर पुनले पनि शितल निवास पुगी राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका थिए।  त्यसैगरी सभामुख कृष्ण बहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री डाक्टर युवराज खतिवडा, कानुन मन्त्री भानुभक्त ढकाल, महिला बालबालिका मन्त्री थम माया थापा, संञ्चार मन्त्री गोकुल बास्कोटा लगायत मन्त्रीहरु शितल निवास पुगी टीका र जमरा ग्रहण गरेका छन् । अधिकांश मन्त्रीहरु स–परिवार शितल निवास पुगेका थिए ।

त्यसैगरी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीका अधिकृतहरु पनि टीका ग्रहणका लागि शितल निवास पुगेका थिए । विशिष्ट व्यक्तिको टीका पछि राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाइदिएकि थिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने