मुलुकमा राजतन्त्र अन्त्य भएको लामो समय भैसकेको छ । गणतन्त्र स्थापना सँगै जनताले शान्ति र समृद्धिको अपेक्षा गरेका थिए । तर, जनचाहना विपरित नेताहरूका क्रियाकलापले जनमानसमा निराशा छाउँदै गएको छ।
पछिल्लो समय देशमा राष्ट्रियता समेत कमजोर हुँदै गएको छ । राजतन्त्रको अन्त्य भएपनि तत्कालीन राजाहरूले राष्ट्र र राष्ट्रियताका पक्षमा खेलेको भूमिका जनमानसमा ताजै छ।
असफलता उन्मुख रहेका वर्तमान राजनीतिक नेतृत्वले असफलताको अभिव्यक्ति दिनु कुनै नौलो कुरा होइन् । जसलाई धेरैले आफ्नो कमजोरी लुकाउन दिइने भाषण भनेर टिप्पणी गर्ने गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धको अभिव्यक्तिलाई पनि यसैको निरन्तरता भनेर टिप्पणी थालिएको छ । प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई अशोभनीय अभिव्यक्ति नदिन चेतावनी दिएका हुन।
सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताएका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए,‘ राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन, ‘यो भन्दा बढी म भन्न चाहन्न्।’
पूर्व राजाशाहले वर्तमान राजनीतिक नेतृत्व असफल हुँदै गएको प्रति सङ्केत गर्दै बेलाबेलामा अभिव्यक्ति दिदैँ आएका छन् ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को
८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा