‘माधव नेपालले कुन नैतिकताले विधिको कुरा गर्दैछन् ?’

नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरियताका नेता माधवकुमार नेपालले पार्टी विधि र पद्दतिअनुरूप नचलेको भन्दै ‘सङ्घर्ष’ शुरू गरेपछि ने क पा विवाद सतहमा आएको छ । र, पक्ष विपक्षमा नेताहरू खडा भएका छन् ।

1966451102Madhav-nepal

तर, पूर्वमाओवादी निकट नेताहरू भने माधव नेपालको पछिल्लो कमदको विरुद्धमा देखिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको वर्षे (बजेट) अधिवेशन अन्त्यका दिन बोल्दै नेता नेपालले “गृहमन्त्रालय कहाँ छ ? गृहमन्त्री कहाँ हुनुहुन्छ ?” भन्दै प्रतिपक्षभन्दा चर्को स्वरमा सरकारको आलोचना गरेको भन्दै नेपालको गतिविधिप्रति असन्तुष्टि राखेका हुन् ।

सचिवालयकै एक प्रभावशाली नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “सरकारको कामकारवाहीप्रति म पनि सन्तुष्ट छैन । तर, माधव नेपाल जसरी संसदमा प्रतिपक्षीभन्दा चर्को रूपमा प्रस्तुत हुनुभयो, त्यो पनि ठीक होइन ।”

झलनाथलाई पन्छाएर वरिष्ठ नेता बन्ने नेपालले कुन नैतिकताको कुरा उठाएको ?

त्यस्तै उनले पार्टी एकताकाबेला आफू चौथो वरियतामा रहँदारहँदै केपी ओलीसँग मिलेर झलनाथ खनालको वरिष्ठता मिचेको भन्दै अहिले नैतिकता, विधि, पद्दतिको कुरा उठाउनु कुनै हालतमा जायज नभएको टिप्पणी गरे । उनले भने, “माधव नेपालले भन्दा मैले विधि र पद्दतिको कुरा उठाएको छु । तर, अहिले आफ्ना मान्छेलाई नेता बनाउनमात्रै विधि र पद्दतिको कुरा उठाइरहनुभएको छ । यो ठीक भएन ।”

त्यस्तै उनले ईश्वर पोखरेललाई महासचिवबाट हटाएर जुनिएर मान्छे महासचिवमा ल्याउँदा पनि विधिको कुरा नउठाएको भन्दै माधव नेपालको पछिल्लो कदम ‘अनावश्यक’ भएको टिप्पणी गरे ।

‘भ्रममा नपरौँ, एकता सुदृढ हुन्छ !’

ने क पाभित्र गुटको खेल शुरू भएपछि पार्टी प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि भ्रममा नपर्न आग्रह गरेका छन् । माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत नेता श्रेष्ठले  भनेका छन्, “हाम्रो पार्टीको सामान्य विषयमा भएको छलफललाई अतिरञ्जित ढंगले प्रचार गर्नुको कुनै अर्थ छैन ।”

उनले थपेका छन्, “सामाजिक न्यायसहितको समृद्धिको तात्कालीन लक्ष्य र समाजवादको दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर सबै नेपाली कम्युनिष्टहरूलाई एउटै पार्टीमा गोलबन्द गर्न बनेको नेकपाको एकता सुदृढ हुनेछ । भ्रममा नपरौं ।”

त्यस्तै उनले अघिल्लो ट्विटमा लेखेका छन्, “वर्तमान सरकारप्रतिको आलोचना–टिप्पणी  सरकारलाई थप प्रभावकारी एवम् सफल बनाउने उद्देश्यले हुनुपर्छ । यतिबेला यो सरकारको विकल्पको सोच देश, जनता, पार्टी र आन्दोलनको पक्षमा हुँदैन । अहिले त्यस्तो कल्पना गर्नु पनि गलत हुन्छ । कसैले त्यस्तो सोचेका छन् जस्तो पनि लाग्दैन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक