प्रदेशको नाम र राजधानीका विषयलाई लिएर कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७ नम्बर प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विशेष सुझाव समितिले ७ नम्बर प्रदेशको नाम र राजधानीका विषयमा संसदमा पेश गरेको सुझावको विरोध गर्दै कांग्रेसले प्रदेशसभाको बैठक अवरुद्ध गरेको हो । 
शुक्रबार बिहान बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले राजधानी र नामका विषयमा गरिएको प्रस्तावको उठेर विरोध गरेका थिए । प्रदेश नम्बर ७ कासभामुख अर्जुनबहादुर थापाले समय दिएपछि कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले उक्त प्रस्ताव पुनर्विचार गरिनुपर्ने बताए । 

७ नम्बर प्रदेशका पहाडी जिल्लाका वासिन्दाले सिटामोल समेत खान नपाइरहेका बेला कैलालीको गोदावरीमा रहेको जंगल फडानी गरेर अर्बौंको लगानीमा राजधानी बनाइनु उचित नभएको उनले दाबी गरे । धनगढीमा राजधानी स्थापनाका लागि सरकारले ठूलो लगानी गरी सकेकाले गोदावरीको जंगल मासेर राजधानी स्थापनाको प्रस्ताव कांग्रेसलाई स्वीकार्य नभएको उनको भनाइ थियो । 

संसदीय दलका नेता डा. रावलले भनाइ राखिसक्ने बित्तिकै कांग्रेसका सांसदहरुले रोष्टम घोराउ गरेका थिए । कांग्रेसका सांसदहरुले संसद बैठक नारावाजी गरेर अवरुद्ध गरेपछि सभामुख थापाले बैठक दिउँसो १ वजेसम्मका लागि स्थगित गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता