गच्छदारको प्रश्न– कार्यकर्तालाई अरिंगाल बन भनेर मुठभेड खोजेको ? एसपीको छोरा राज्यले नै जोगाउन मिल्छ ?

प्रमुख प्रतिक्षी नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मुठभेड निम्त्याउन चाहेको आरोप लगाएका छन् । बिहीबार संसदलाई सम्बोधन गर्दै कांग्रेस उपनेता गच्छदारले सत्तारुढ पक्षका सांसद र नेता–कार्यकर्ताहरुलाई ‘अरिंगाल’ बन्न निर्देशन दिएर ओलीले मुठभेड निम्त्याउन चाहेको आरोप लगाएका हुन् ।

18846000819376523191407254207Bijaya-Kumar-Gachadar-(1)..

‘‘राज्य अत्यन्तै निरीह देखिएको छ । प्रधानमन्त्री ओलीजी आफ्ना सांसदहरुलाई बोलाएर सरकारका नराम्रा कामको पनि प्रतिरक्षा गर्न निर्देशन दिनुहुन्छ । अरिंगाल बनेर विपक्षीमाथि खनिन उत्प्रेरित गर्नुहुन्छ,’’ उनले भने, ‘‘लड्न–भिड्न उत्प्रेरित गरेर के उहाँले देशलाई मुठभेडतर्फ धकेल्न खोजेको हो ?’’ 

उपनेता गच्छदारले दुईतिहाईको कम्युनिष्ट सरकार मुलुकमा शान्ति सुरक्षा कायम गर्न असफल भएको बताए । ‘‘यो सरकार गठन भएको साढे ७ महिनाको अवधिमा शान्ति–सुरक्षा नाजुक छ । सरकारले हत्या–हिंसा र बलात्कारका घटनाहरु नियन्त्रण गर्न सकेको छैन् । संसदीय अभ्यास शुरु देखिएको इतिहासमा अहिलेसम्म यस्तो थिएन,’’ उनले भने, ‘‘सरकार शान्ति–सुरक्षा कायम गर्न असफल देखियो ।’’

गच्छदारले यसअघि पनि हत्या हिंसाका घटनाहरु हुँदै आएको भन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिको तिव्र आलोचना गरे । ‘‘पहिलेपनि यस्ता घटना हुन्थे भनेर बस्ने कि सरकार सजग हुने ?,’’ गृहमन्त्री थापाको नामै उल्लेख गरेर उनले भने, ‘‘हिजोपनि यस्तो हुन्थ्यो, आजपनि हुन्छ भन्नु सरकारको दायित्व होइन् । सरकारले अपराध नियन्त्रण गर्नुपर्दछ । अझै केही विग्रेको छैन्, शान्ति–सुरक्षालाई गम्भिरतापूर्वक लिइयोस् ।’’

कांग्रेस उपनेता गच्छदारले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पक्राउ नपरेको प्रति आपत्ति जनाए । ‘‘निर्मलाका हत्यारा पक्राउ नहुने ? के कानुन पर्याप्त नभएरै हो घटनाको छानबिन गर्न आयोग बनाएको ?,’’ उनले प्रश्न गरे, ‘‘राज्यले मेयरको छोरा–भतिजा, एसपीको छोरा भनेर जोगाउन मिल्छ ?’’  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता