दसैंको मुखमा महंगी बढाएको भन्दै सरकारको आलोचना

प्रतिनिधिसभाका सांसदहरुले दसैं जस्ता चाडबाडको मुखैमा यातायात भाडा बढाएकोमा सरकारको चर्को आलोचना गरेका छन ।  प्रतिनिधिसभाका सांसदहरु प्रकाश रसायली, अमृतादेवी अग्रहरी, देवेन्द्र पौडेललगायतका सांसदहरुले पेट्रोलियम पदार्थ र यातायातको भाडा बढाउने निर्णयप्रति आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गरेका हुन् ।

792447928Samsad-Bhawan-(5)

संघीय संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसद प्रकाश रसायलीले तत्काल यातायात भाडा बढाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरे । मुलुकमा सरकार र प्रतिपक्ष दुवै पक्ष नभएजसरी जनतालाई मारमा पार्ने गरी यातायातको भाडा वृद्धि गरेकोमा उनको आक्रोश छ ।

राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अमृतादेवी अग्रहरीले जनतालाई मारमा पार्ने काम भइरहेको भन्दै सरकारको चर्को आलोचना गरिन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलले पनि जनतालाई सूचना समेत नदिई पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता