प्रधानमन्त्री नेतृत्वको सरकारले ठूला–ठूला भ्रमको खेती गरे, झुटका पुलिन्दा बाँडे : कांग्रेस नेता

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला–ठूला भ्रमको खेती गरेको र झुटका पुलिन्दा बाँडेको आरोप लगाएका छन्। 

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उहाले सरकार गठन भएको ७ महिना ५ दिन भएको र यो अवधिमै सरकारको मुल्यांकन गर्ने बेला नभएपनि सरकारको लक्षण राम्रो नदेखिएको बताए।

मुलुकमा बलात्कार, हत्या, हिंसा र अपाराधिक गतिविधिहरु निकै बढेको भन्दै उनले सरकारले अपराधीहरु पत्ता लगाउन नसकेको तर्क गरे। सत्तारुढ दलकै बरिष्ठ नेताहरुले आफ्नो पार्टीलाई बिर्गानको निम्ति षड्यन्त्र भैरहेको भनेर टिप्पणी गरेको प्रसँग उल्लेख गर्दै उनले नेकपाका नेताहरुले बोलीलाई नियन्त्रण गर्नुपर्ने सबैभन्दा पहिलो आवश्यकत्ता रहेको बताए।

सरकारले भ्रष्चाटार सहन्नौं भनेर दिनप्रतिदिन बोल्ने गरेको उल्लेख गर्दै उहाले ३३ केजी सुन प्रकरणका बारेमा सरकार मौन रहनु आश्चर्यचकित रहेको बताए।

फरक प्रसंगमा नेता केसीले मुलुक संघीय संरचनामा गैसकेकोले अब काग्रेसको विधान बनाउन मस्यौता समिति गठन भएको र समितिले प्रारम्भिक मस्यौदा तयार पारेको जानकारी दिए।

उनले लोकतन्त्रलाई अझै मजबुद र सशक्त बनाउने प्रक्रियामा पार्टीको विधानमा निर्वाचन गर्ने र निर्वाचित प्रतिनिधिहरुबाट नै पदाधिकारी,संसदीय समिति र अनुशासन समितिजस्ता समितिहरु निर्माण हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता