सुनसरीको स्थिति तनावग्रस्त , स्थानियवासीद्वारा प्रशासन विरुद्ध नाराबाजी !

सुनसरीको हरिनगर गाउँपालिका–२ मा हरियानी बोर्डिङ स्कुलका शिक्षक मौलना खुर्शिद इस्लाहीलाई भारतीय समुहले गोली हानी हत्या गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

बिहिबार बिहान पौने ११ बजेतिर मोटरसाइकलमा सवार भारतीय समुहले उनको हत्या गरेपछि स्थानीवासी आक्रोसित बनेका हुन् । प्रहरी टोली घटनास्थलमा ढिलो आइपुगेको भन्दै आक्रोशित बनेका स्थानियहरुले आलमको शव प्रहरीसँग खोसेर सडकमा राखी विभिन्न ठाँउमा टायर बालेर प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

बिहिबार पौने ११ बजे भारतबाट आएका हतियारधारी समुहले गोली हान्दा उनको घटनास्थलमा मृत्यु भएको हो । गोली प्रहार गर्ने समूहमा चार जना भारतीय रहेको प्रहरीले जनाएको छ । हरिनगर गाउँपालिकाका वडाध्यक्ष गफार अन्सारीले हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको जानकारी दिएका थिए ।

गोली हानी भाग्ने व्यक्तिलाई घेरा हाल्ने क्रममा गोली चल्दा अन्य एक जना हरिनगरा वडा नं ४ का प्रहरी हवल्दार शिवलाल पौडेल घाइते भएका थिए । गोली हानी भारततर्फ भागेका हतियारधारी समूहको पिछा गरी छेक्ने क्रममा प्रहरीसँग दिउँसो पौने एघार बजे गोली हानाहान भएको हो ।

हतियारधारी समूहको पिछा गर्दै जादा हरिनगर गाउपालिका वडा नं ४ को घुस्कीमा पुगेपछि प्रहरीमाथि समेत गोली प्रहार भएको घटना स्थलमै खटिएका जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कमल खत्रीले जानकारी दिए ।

गोली हानाहानमा घाइते भएका प्रहरी हवल्दार पौडेलको उपचारका लागि जिल्ला अस्पताल ईनरुवा लगिएको थियो । त्यहाँ उपचार हनु नसकेपछि थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने