
काठमाडौँ, २९ भदौ । सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएकोे छ । ८० लाख वालवालीकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् ।
वाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, २०४८ ले १६ बर्ष सम्मको व्यक्तिलाई वालवालिका मानेको छ ।
महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयले बालबालीका शिर्षकमा यस आर्थिक वर्षमा मात्रै ३ करोड ४३ लाख रुपैंया बजेट बिनीयोजन गरेको छ । यस्तै केन्द्रिय बाल कल्याण समितीसंग वालवालिकाकै लागि खर्च गर्न भनेर छुट्याइएको ९ करोड रुपैंया बजेट छ ।
मन्त्रालयको वालवालीका हेर्ने शाखा अधिकृत इन्दीरा आचार्यका अनुसार बिनीयोजीत बजेट सडक बालबालीका व्यवस्थापन, ऐन नियम तर्जुमा, बाल सुधार लगायत शिर्षकमा खर्च हुने गरेको छ । बजेट पर्याप्त भए पनि बालबालीकाको क्षेत्रमा समुचित प्रयोग भएको देखिएको छैन ।
१४ वर्षिय नविना चौधरीले काठमाडौं म्हैपीस्थित एक होटेलमा भाँडा माझ्ने काम गर्न थालेको २ वर्ष भयो । उनले भाँडा माझेवापत खान र बस्न बाहेक अरु केही सुविधा पाएकी छैनन् । चौधरीले भनिन्–‘भाँडा माझ्छु । खान दिन्छन् । अस्ती भेष्ट किन्दीए, त्यहि हो ।’
उमेरले १३ पुगेका सरोज विक काठमाडौं–भक्तपुर गुड्ने बसमा सहयोगीकोे काम गर्छन् । उनले सर्वसाधारणसंग भाँडा उठाएवापत दैनिक दुइ सय भत्ता पाउँछन् । विकले भने–‘खलासी काम गर्छु । दाम राम्रै आउँछ । वुवा पनि हुनुहुन्न । के गर्नु खानै प¥यो ।’
सानै उमेरमा विहानै उठेर काममा खटिदाँ ख्याउटेपन, कुपोषण लगायत शारीरीक र मानशिक समस्याहरु देखिने चिकीत्सकहरु वताउँछन् । नेपाल समाचारपत्रमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर