श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा

भदौ १६ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिबार बिहान बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । 

उनी बिहान काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गरी गाडीमा लुम्बिनी पुगेका हुन् । यसअघि हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी भए पनि उनी भैरहवाबाट गाडीमै गएका हुन् । 

राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झालगायतले स्वागत स्वागत गर्दैछन् । सिरिसेना लुम्बिनी आउने भएपछि लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका छन् । बिहान साढे ८ बजेदेखि नै भैरहवा–लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको छ ।

सुरक्षाका लागि लुम्बिनीमा सर्वसाधारण तथा अन्य पर्यटकलाई निषेध गरिएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर राष्ट्रिय झण्डा र बौद्ध पतकाले झकिझकाउ पारिएको छ । लुम्बिनी भ्रमणका क्रममा उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गर्ने कार्यक्रम छ । मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा जाने छन् । 

श्रीलंकाद्वारा बनाइएको त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिने कार्यक्रम छ । लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराइने कार्यक्रम रहेको कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले