प्रधानमन्त्री ओलीसँग किन भेट गर्न चाहन्थे राजपाका नेताहरु ?

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट गर्ने समय नदिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले गुनासो गरेका छन् । विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आफूहरुसँग भएको सहमति कार्यान्वयनकाबारेमा जानकारी लिन प्रधानमन्त्री ओलीसँग भेट्न खोज्दा रापजा अध्यक्षमण्डलका सदस्यहरुले समय नपाएको नेताहरुले गुनासो गरेका छन् ।

संविधान संशोधन लगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोजेका थिए ।

राजपासँग भएको संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाका माग्न प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका राजपाका अध्यक्षहरुले समय नपाएका हुन् । यद्यपी यसबारे प्रधानमन्त्री ओली तथा उनको सचिवालयले कुनै धारण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी