July 4, 2018

निषेधित क्षेत्र घोषणा सुशासन कायम गर्नका लागी – गृहमन्त्री थापा

काठमाडौं, असार २० । गृहमन्त्री रामबहादुर थापाले अनसनरत डा.गोविन्द केसीको विषयमा डा.केसीसँग सरकार छलफल गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले डा. केसी सँग छलफल गर्न तयार रहेको बताएका हुन् । गृहमन्त्री थापाले डा.केसीको मागहरु सम्बोधन गर्ने क्रममै रहेको आश्वासन समेत दिए ।

उनले भने, ‘डा.केसीसँग कुरा गर्न सरकार तयार छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा प्रतिपक्षीसँगको असहमति भएकोले यसलाई नरमल प्रक्रियाबाट ल्याउने सहमति भएको छ । उनको मागलाई सरकारले सम्बोधन गर्ने नै छ ।’

साथै गृहमन्त्री थापाले देशमा सुशासन कायम गर्न निषेधित क्षेत्र घोषणा गरेको बताएका छन्। गृहमन्त्री थापाले सुशासन विना लोकतन्त्रको रक्षा हुन नसक्ने तर्क समेत गरे ।

अन्य मुलुकहरुको उदहारण दिदै गृहमन्त्री थापाले भने,‘निषेधित क्षेत्र घोषणा भएर अधिनायकबाद लादिएको होइन। लोकतन्त्र रक्षाको निम्ति गरेका छौँ ।’

विरोधहरुलाई व्यवस्थित गर्न र सरकार सञ्चालन, राज्य सञ्चालनका निम्तिलाई विधि सम्मत ढंगले अगाडि बढाउन आवश्यक भएकोले निषेधित क्षेत्र घोषणा गरिएको स्पष्ट पारे ।

गंगामायाको विषयमा पनि मन्त्री थापाले सभामा जवाफ दिएका छन् । ‘गंगामायाको विषयमा अदालतको निर्णय कार्यान्वयन भएको छ । जनयुद्ध कालिन मुद्दाको विषयमा एउटा प्रश्न छ । यो राजनीतिक मुद्दाहरुलाई राजनीतिक तबरबाट हल गर्नुपर्छ ।’ गृहमन्त्री थापाले भने, ‘यस विषयमा प्रतिपक्षपनि सहमत छ । सरकारले अदालतको आदेश मान्ने पक्षमा छ ।’

प्रमुख प्रतिपक्षी दलको विरोधको कारण राष्ट्रिय सभाको पहिलो बैठक अवरुद्ध भएको थियो। दोस्रो बैठकमा गृहमन्त्री थापाले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न