चरेसको थालमा मार्सी भात खुवाउनेको हितमा चिकित्सा विधेयक ल्याइयोः सांसद थापा

सरकारले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि सदनमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् पुर्व स्वास्थ्य मन्त्रीले चिकित्सा शिक्षा विधेयकबारे शून्य समयमा बोल्दै थापाले आक्रोश पोखेका छन्।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भिर आपत्ति व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सून्य समयमा बोल्दै एक मिनेटभित्र सरकार र त्यसको नेतृत्वविरुद्ध उसले ल्याएको विधेयक र त्यसको विरोधमा उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति चोटिलो प्रहार गरे।

तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकीकरणका विषयमा भक्तपुरमा दुर्गा प्रसाईको घरमा वार्ता भएको थियो। प्रसाई झापाको विर्तामोड स्थित बि एण्ड सी मेडिकल कलेजका सञ्चालक हुने। उनको घरमा दुवै नेताले २०७४ फागुन ६ गते खाना खाँदै गरेको तस्वीर सार्वजनिक भएको थियो।

हेर्नुहोस् आजको शून्य समयमा बोलेको जस्ताको तस्तै

गगन कुमार थापा

मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस्। जनताका छोराछोरीले निःशुल्क चिकित्सक बन्न पाउन्। वा सस्तोमा पढ्न पाउन्। गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याइयोस् भनेर माग राख्ने डा गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने।

दुई वटा कम्युनिष्ट पार्टीहरू एक भएको उपलक्ष्यमा दुई वटा कम्युनिष्ट पार्टीका महान अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेशको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट  परिभाषा अनुसारको दलाल पूँजिपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्धेश्यको साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याउने। सम्माननीय प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक