नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले स्वास्थ्य सेवामा सरकारले चुनौति र जिम्मेवारी हेक्का नगरेको आरोप लगाएका छन् ।
शुक्रबार व्यवस्थापिका संसदमा बोल्दै सांसद थापाले स्वास्थ्य मन्त्रालयको कार्यक्रम बनाउने क्रममा सरकारले मन्त्रालयले गरेका नीतिगत प्रयासहरुलाई छाड्दै चुनौति र जिम्मेवारीबारे हेक्का नराखेको बताएका हुन् । उनले भने, ‘चुनौति र जिम्मेवारीको हेक्का गरिएको छैन । कि त यो अभियन्ता हो कि आग्रह हो ।’
उनले आधारभूत स्वास्थ्य सेवा र बिमाबीच कुनै पनि सम्बन्ध नरहेको बताउँदै सरकारले आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँच स्थापित गर्न स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने योजना आफूले नबुझेको बताए । उनले भने, ‘यो बिमा होइन, बिमाका निम्ति गरिएको पाइलट प्रोजेक्ट हो ।’
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले अस्पताल बेडको आधारमा नभई सेवाको आधारमा चिनिनुपर्नेमा जोड दिए । त्यस्तै उनले ३० करोड खर्च गरे देशका सबै जिल्ला अस्पतालहरुमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न सकिने उल्लेख गरे ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक